पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिदैं
नेपाली म्याराथनको इतिहासमै सर्वाधिक पुरस्कार राशीको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २९ विदेशी धावकसहित नेपाली धावकले प्रतिस्पर्धा गर्ने छन। बिहीबार आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले पत्रकार सम्मेलन गर्दै म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को टाईटल जित्न दौडिने छन।