coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझको तयारी

पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना गरिने भएको छ। पोखरेली महिला कलाकारको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त आयोजनामा आगामि आइतबार अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना गरिएको हो।  

स्वर साम्राज्ञी लामाको स्मृति दिवस माघ २२ गते पारेर कार्यक्रम गर्न लागिएको आयोजक मध्येको एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए। यसअघि कालजयी गायिका तारादेवीको माघ १३ गते स्मृति दिवस परेपनि दुबैको स्मृतिमा संयुक्त रुपमा कार्यक्रम गरिन लागेको उनको भनाई छ। 

नेपाली सांगीतिक क्षेत्रका हस्तीहरु अरुणा लामा र तारादेवीको स्मृतिमा उनीहरुलाई ‘ट्रिब्यूट’ दिने उद्देश्यले आयोजना गरिएको उनले बताए। कार्यक्रममा निःशुल्क प्रवेश दिइने उनले बताए।  यस वर्षदेखि शुरु गरिने अरुणा लामा–तारादेवी स्मृति साँझ अब हरेक वर्ष आयोजना गरिने श्रेष्ठले बताए।  

प्रकाशित: १८ माघ २०७९ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App