१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बैंक, डिपार्टमेन्टल स्टोर र रेस्टुरेन्ट सहितको भवनमा आगलागी (फोटो सहित)

पोखराको लेकसाईडस्थित लेकसाइड सेन्टर भवनमा भीषण आगलागी भएको छ। भवनमा बित्तीय संस्था, बैंकका एटिम लाउन्ज, सेलवेज डिपार्टमेन्टल स्टोर्स, टे«किङ सप र रेस्टुरेन्ट लगायतका छन्।  

त्यो भवनमा नबिल बैंकको शाखा छ। त्यसबाहेक सेलवेजको सेल्सबेरी डिपार्टमेन्टल स्टोर्स पनि रहेको छ। स्थानीय सोम थापाका अनुसार डिपार्टमेन्टल स्टोर्सको अधिकांश भाग जलेर नष्ट भएको छ। डिपार्टमेन्टल स्टोर्सबाट आगलागी सुरु भएको अनुमान गरिएको छ।  

‘आगलागीबाट डिपार्टमेन्टल स्टोर्सका सामान जलेका छन। आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ, तर, अझै सकिएको छैन,’ थापाले भने, ‘आगलागी नियन्त्रणमा वारुणयन्त्र सहित प्रहरी र स्थानियबासी लागिपरेका छन्। पोखरा विमानस्थल र पोखरा महानगरपालिकका वारुणयन्त्र आगलागी नियन्त्रण गर्न पुगेका छन्।

त्यही भवनको भूइँतलामा कम्तिमा आधा दर्जन बैंकको एटिम पनि संचालित छन्। थापाका अनुसार अहिलेसम्म पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र आगलागीस्थलमा पुगेका छन्। भुइतलामा अहिले आगलागी भईरहेको छ। त्यही भवनभित्र अरु व्यापारिक पसल पनि संचालन छन्। भवनभित्रका पसलका सामान बाहिर निकाल्ने प्रयास भईरहेको छ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार अहिले पनि आगलागी भईरहेको छ। नियन्त्रणमा ल्याउने प्रयास गर्दै प्रहरी जनशक्ति परिचालित भएको उनले बताए।  

घटनास्थलमा रहेका पर्यटन व्यसायी धर्मराज पन्थीले आगो भूइतालमा मात्र लागेको र भवनको पछिल्लो भाग र माथिल्लो तलामा रहेका बैंक र एटिएम सुरक्षित रहेको बताए । त्यसबाहेक टे«किङका कपडा बेच्ने पसल पनि सुरक्षित रहेको उनले बताए । पसलका सामान निकालेर बाहिर राखिएको उनले जानकारी दिए।

प्रकाशित: २८ माघ २०७९ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App