८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन क्षेत्रको गुनासोः टुप्पोमा पुग्दै थियौ, एकैपटक शुन्यमा झर्यौं

पोखराको पर्यटन ब्यूँताउने उपायबारे छलफलमा जुटेका व्यवसायी। तस्बिर/नागरिक

पर्यटकीय सिजनको मुखमा भएको हवाई दुर्घटनापछि सुस्ताएको पर्यटन क्षेत्रलाई ब्यूँताउने प्रयास थालिएको छ। त्यसका लागि आन्तरिक रणनीति बनाउन व्यवसायी जुटेका छन्। व्यवसायीले पोखरामा पछिल्लो समय पाहुना कम भएको र आगामि दिनमा त्यो संख्या कसरी बढाउन सकिन्छ भन्ने बारेको उपाय खोज्न थालेका छन्।  

विभिन्न सरोकारवालासँग सुझाव लिएर आगामि दिनमा कार्यक्रम तय गर्ने व्यवसायीको तयारी छ। पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)को संयोजनमा व्यवसायी अहिले आन्तरिक छलफलमा जुटेका छन्। सिजनको मुखैमा भएको हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नराम्रो धक्का लागेको भन्दै व्यवसायीले चिन्ता जनाएका छन्। हवाई दुर्घटनापछि नकारात्मक सन्देश फैलिँदा विदेशी पर्यटकको आगामि सिजनको बुकिङ रद्द भएको र आन्तरिक पाहुना समेत यात्रामा निस्कन डराएको व्यवसायीको ठहर छ।  

व्यवसायीका अनुसार पछिल्लो समय विदेशी पाहुनाको संख्या निकै नै कम छ। यतिसम्मकी आन्तरिक पाहुना पनि ह्वात्तै घटेका छन्। नेपालको आन्तरिक हवाई यात्रा निकै नै जोखिमपूर्ण रहेको भन्ने सन्देश अन्तर्र्राष्ट्रिय जगतमा फैलिँदा विदेशी पाहुनाको यात्रा नै अनिश्चित बनेको व्यवसायीको गुनासो छ। त्यसैगरि आन्तरिक हवाई यात्राबारे गलत सन्देश फैलिँदा स्वदेशी पाहुना पनि यात्रामा निस्कन डराएको उनीहरुको बुझाई छ। अहिले हवाई यात्राबारे सामाजिक सञ्जालमार्फत यत्रतत्र नकारात्मक सन्देश प्रवाह हुँदा त्यसको मार पर्यटन क्षेत्रमा पुगेको व्यवसायीले बताए।  

परिषद अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘अहिले पर्यटन क्षेत्रमा निकै नै सकसपूर्ण अवस्था आइपरेको छ। पाहुनाविहीन अवस्थामा पर्यटन क्षेत्र छ। दुर्घटनापछिको गलत सन्देश चिर्न हामीलाई हम्मेहम्मे भएको छ।’ उनका अनुसार पर्यटन क्षेत्रमा आइपरेको यो अप्ठेरो अवस्थालाई पार लगाउने उपायबारे छलफल गर्न परिषदका् पूर्व अध्यक्ष सहितको भेला समेत आव्हान गरिएको थियो। भेलाका अधिकांश व्यवसायीले पर्यटन क्षेत्रमा अहिले संकटको अवस्था आएको गुनासो सुनाएका थिए।  

‘विदेशी पाहुना त आएनन नै, कोरोना भाइरस संक्रमणका कारण ओरालो लागेको विदेशीको आकारले अझै तिब्र गति पाएको छैन। त्यसैमाथि आन्तरिक पाहुना पनि निस्कन सकेनन, सबैतिर हवाई यात्राबारे टिकाटिप्पणी मात्र भइरहेको छ,’ उनले भने, ‘गलत सन्देश चिर्न सबै व्यवसायी एकजुट हुनुको विकल्प छैन।’ 

व्यवसायीले भूकम्प, नाकाबन्दी, कोरोना संक्रमण जस्ता अप्ठेरा पार गरेको भएपनि अहिलेको हवाई दुर्घटनापछि थप संकट निम्तिएको भन्दै छलफलमा चिन्ता जनाएका थिए। ‘यस्तै अवस्थाबाट गुज्रदै जाने हो भने पर्यटन क्षेत्र झनै संकटको दलदलमा फस्नेछ,’ उनले भने, ‘सबैतिरबाट अहिले पर्यटनमा मार परेको छ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदरको पिरलोमा रहेको बेला फेरि हवाई दुर्घटनाको मार पनि थपिएको उनले बताए। अहिलेको अप्ठेरोबाट पार पाउनका लागि कुनै न कुनै उपाय नलगाई सुख नभएको उनले सुनाए।

चिनियाँ पर्यटकलाई नेपाल पठाउन कुटनीतिक निकायमार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने, थप भारतीय पाहुनालाई भिœयाउनका लागि बोर्डर सिटीमा बजारीकरण गर्ने, विभिन्न निकायसँग अन्तरसंवाद बढाउने, सस्तो प्याकेज निर्माण गरेर पाहुनालाई जानकारी दिने लगायतबारे उपायमार्फत पर्यटन प्रवद्र्धन गर्न व्यवसायीले सुझाएको उनले बताए।

परिषद्का पूर्व अध्यक्ष सोम थापाले अहिले फैलिएको गलत सन्देश चिर्न जरुरी रहेको छलफलमा सुझाएका थिए। हवाई दुर्घटनापछि छानविन गर्न समिति बनेको र त्यसले छिटो गरि प्रतिवेदन दिए अहिले फैलिएको गलत सन्देशलाई सच्चाउन सकिने उनले बताए। ‘हवाई दुर्घटनाबारे आ–आफ्नै टिप्पणी भएका छन्, सबैतिर अफवाह मात्र फैलिएको छ। हवाइजहाजको यात्रा निकै नै जोखिमपूर्ण भन्ने सन्देश फैलिएको छ,’ थापाले भने, ‘अब कम्तिमा त्यो सन्देश सच्चाउनका लागि पहल जरुरी छ। त्यसमा व्यवसायिक एकता कायम गरेर अघि बढ्नुपर्ने सुझाव छ।’  

त्यस्तै छिमेकी मुलुक चीनले आफ्ना नागरिकलाई अन्यत्र घुम्न पठाएपनि नेपालका लागि खुला नगर्दा अहिले चिनियाँ पर्यटक आउन नपाएकोले अब कुटनीतिक तहमा छलफल गरेर चिनियाँ पाहुना भिœयाउन पहल गर्ने बारे पनि व्यवसायीले योजना बनाउनुपर्ने उनले बताए। ‘अहिले त विदेशीको मात्र नभई स्वदेशीको पनि विश्वास जित्नुपर्ने अवस्था छ,’ थापाले भने, ‘सकारात्मक सन्देश फैलाएर पर्यटन प्रवद्र्धनमा सहकार्य गर्नुको विकल्प छैन।’

परिषद्का अर्का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराईले पनि हवाई दुर्घटनापछि आन्तरिक हवाई उडानबारे अनेकन टिप्पणी भईरहँदा त्यसलाई सच्चाउन पहल गर्नुपर्ने बताए। ‘त्यो दुर्घटना मात्र हो। तर, त्यसको असर निकै नै बढि प¥यो। पर्यटन क्षेत्र टुप्पोमा पुग्ने प्रयासमा रहिरहँदा एकैपटक शुन्यमा झ¥यो,’ भट्टराईले भने, ‘त्यसलाई चिर्नका लागि विभिन्न कार्यक्रम गर्नुपर्छ। यही अवस्थामा बसिरहेमा संकट निम्तिन सक्छ। व्यवसायी थप पलायनको बाटोमा लाग्नेछन।’  

उनले अहिले पर्यटनमा निम्तिएको संकट कम गर्न सरकारले चाँसो नदिएपनि छिमेकी देशका दुतावासमार्फत पाहुना भिœयाउन लविङ गर्ने, भगिनि सम्बन्ध रहेका सहरसँग समन्वय गर्ने, आन्तरिक पहुँच बिस्तारमा सहजीकरण गर्न अनुरोध गर्ने लगायतबारे छफल भएको छ। ‘हिडडुल नै सकसपूर्ण भयो। छिमेकी मुलुक चीनले आफ्ना नागरिकलाई अन्य विभिन्न मुलुक घुमफिरमा खुला गरेपनि नेपालका लागि नगर्दा पाहुना आउन नपाएकोले पाहुना भित्रिने बाटो खुलाउनका लागि पहल गर्नुपर्ने पनि उनले बताए।  

‘चीनले आफ्ना नागरिकलाई अरु मुलुकमा घुमघामका लागि जान दियो, तर, नेपाल पठाएन। यो बेला पाहुना नआउँदा सकस भयो। चिनियाँ पाहुना ठुलो आधार हो। तर, पाहुना नै आउन नपाएपछि सबैतिर सन्नाटा छाएको छ,’ उनले भने, ‘भूकम्प, नाकाबन्दी, कोभिडबाट ग्रस्त भएको पर्यटन क्षेत्रमा दुर्घटनापछि थप संकट निम्तिएकोले ती समस्या समाधानमा तत्काल पहल थाल्ने हाम्रो सुझाव हो।’  

‘यो बेला विदेशी त छैनन नै आन्तरिक पर्यटक पनि छैनन। आन्तरिक पाहुना भिœयाउनका लागि बजारीकरण गर्नुपर्ने पनि अहिलेको आवश्यकता हो,’ उनले भने, ‘सुरक्षित यात्राबिना पर्यटन टिक्दैन त्यसैले यात्रा सुरक्षित बनाउनमा हाम्रो चासो हो।’ उनले अहिले पर्यटन क्षेत्रमा सुनसान रहेकोले यस्तै अवस्था रहे झनै दर्दनाक स्थिति निम्तने चिन्ता पनि जनाए।  

‘यही गतिमा अघि बढ्ने हो भने अवस्था झनै दर्दनाक हुनेछ। पर्यटन क्षेत्र तहसनहस हुने अवस्था आएको छ। सन्देश नकारात्मक गएको छ, त्यसमा पनि पोखराबारेको सन्देश गलत छ,’ उनले भने, ‘यो सन्देश सच्चाउन जरुरी छ। त्यसमा व्यवसायीले हातेमालो गर्नुको विकल्प छैन।’

प्रकाशित: १७ माघ २०७९ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App