१० आश्विन २०८१ बिहीबार
image/svg+xml

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।

बहिस्कारका बिच मलंगवामा मूर्ति विसर्जन शान्तिपूर्ण

सर्लाही सदरमुकाम मलंगवामा मूर्ति विसर्जन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। केही महिनादेखि मलंगवामा मूर्ति विसर्जन व्यापक चुनौतीको विषय रहेको सन्दर्भमा दसैँको दुर्गा प्रतिमा विसर्जन पूर्ण रुपमा शान्तिपूर्ण रुपमा आज सम्पन्न भएको छ।

सर्लाहीको मलंगवामा जारी कर्फ्यु आजदेखि निष्क्रिय

सर्लाहीको मलंगवामा बिहीबारबाट जारी गरिएको कर्फ्यु दिउँसोको समयमा आजबाट निष्क्रिय गरिएको छ।

मलंगवाको स्थिति नियन्त्रण बाहिर, आज मात्रै ३२ राउण्ड अश्रुग्यास प्रहार

सर्लाही सदरमुकाम मलंगवामा चार दिनदेखि कर्फ्यु लगाइएको भए पनि स्थिति सामान्य हुन सकेको छैन।

मलंगवाको स्थिति तनावग्रस्त, प्रहरीद्वारा दुई दर्जन अश्रुग्याँस प्रहार

शुक्रबार कफ्र्युका बिच मानिसहरु प्रदर्शनमा उत्रेपछि प्रहरीले भीडलाई हटाउन कम्तीमा २३ सेल अश्रुग्याँस प्रहार गरेको हो।

नेपाली युवकको भारतीय भूमिमा भेटियो शव

एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

गुल्सनको सहरमा विजयोत्सव

एकै ओभरमा २० रन बनाई डकवर्थ लेविस पद्धतिबाट नेपाललाई विश्वकप छनोट क्रिकेट खेल्न सक्षम बनाएका गुल्सन झाको गृहसहर मलंगवामा विजयोत्सव मनाइएको छ।

मलंगवाका नगर प्रमुखकै घरमा चल्यो डोजर

मलंगवा नगर क्षेत्रमा सडक विस्तारलाई चुनौती मानिएको अवस्थामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले सडक विस्तारको कामलाई सहज बनाउन सबैभन्दा पहिले आफ्नै घरमाथि डोजर चलाउन लगाएका हुन्।

सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ

सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।

अवैध सामानसहित सर्लाहीमा बेवारिसे ट्रक बरामद

भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।

१२ वर्षदेखि धुलो खाइरहेछन् गैरवासी

त्यस्तै गैरबजारस्थित सडक किनारमा सिलाईको काम गर्दै आएका उमेश साह पनि धुलोको पीडाबाट आजित छन्। बिहान सबेरैदेखि साँझसम्म सडक किनारमा रहेको आफ्नाे कठघेरा अगाडि खुला स्थानमा सिलाईको काम गर्दै आएका साह धुलोले छपक्कै हुने गरेको बताउँछन्।

अग्निपीडितलाई मेयरबाट दुई महिनाको तलब

जिल्लाको मलंगवा नगरपालिकाका मेयरसहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलबबाट अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन्। मलङ्गवा नगरपालिका–१० जिविस चोकस्थित आगलागीबाट ६ वटा पसलमा आगो लाग्दा ६० लाखभन्दा बढीको धनमाल क्षति भएको थियो। सो आगलागीबाट पीडित बनेका आठ परिवारलाई राहत प्रदान गरिएको हो।

आगो निभाउन छैन दमकल

बिहीबार बिहान सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित ६ वटा पसलमा आगो लाग्दा ५९ लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमाल नष्ट भयो। घटनास्थलबाट करिब एक किलोमिटर दक्षिण रहेको नगरपालिका कार्यालयमा दमकल नहुँदा आगलागीबाट ठूलो धनमालको क्षति व्यहोर्नुप-यो।

बलरा नगरपालिकामा तीनमहिनाअघि लगाइएको ताला खुल्यो

प्रतिनिधिसभा सांसद प्रमोद साह, जिल्ला समन्वय समितिका संयोजक चौधरी, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आएको वार्ता टोली, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, वडाध्यक्षसहितको टोलीले ताला खोलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्