१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

मतगणनाअघि ‘राष्ट्रिय संवाद’ गर्न कांग्रेसको प्रस्ताव

विश्वप्रकाश शर्माले फागुन २१ गते मतगणनाअघि नै ‘राष्ट्रिय संवाद’ आयोजना गर्न प्रस्ताव गरेका छन्।

नेपाली कांग्रेसका उपसभापति शर्माले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीका उम्मेदवारबीच प्रत्यक्ष बहस सम्भव नभए पनि चुनाव सकिएको भोलिपल्ट, मतगणनाअघि सबै दलबीच साझा बहस गर्न सकिने बताएका हुन्।

उनले भने, “चुनाव सकिएको भोलिपल्ट मतगणना गर्नुअघि राष्ट्रिय बहस गरौँ। यदि सरकारले चाह्यो र सबै राजनीतिक दल सहमत भए भने राष्ट्रिय संवादका लागि हामी तयार छौँ।”

शर्माले बाकस खोल्नुअघि नै सुशासन, स्थिर सरकार र साझा एजेन्डामा सहमति जुटाउनुपर्ने धारणा राखे। उनका अनुसार सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने, आलोपालोको परम्परा अन्त्य गर्ने र पाँच वर्ष टिक्ने सरकार गठन गर्ने विषयमा स्पष्ट समझदारी आवश्यक छ।

साथै, जेन–जीसहित सबै पुस्ताका मुद्दामा साझा धारणा बनाएर फागुन २२ गते पहिलो संसद् बैठकबाटै कार्यान्वयनतर्फ अघि बढ्न सकिने उनले बताए।

शर्माको प्रस्तावले निर्वाचनपछिको सम्भावित राजनीतिक समीकरण र सरकार गठन प्रक्रियाबारे बहसलाई नयाँ दिशा दिन सक्ने संकेत गरेको छ।

 

प्रकाशित: १८ फाल्गुन २०८२ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App