३ मंसिर २०८१ सोमबार
image/svg+xml

धमलालाई इन्टरनेसनल इस्ट्रक्टर अवार्ड

नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको छ । बुल्गेरियाको प्लामोदिभ सहरमा सोमबार अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) को २७औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डका साथै मेडलबाट सम्मानित गरेको हो । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्वलाई छनोट गरी प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गर्दै आएको छ ।

के भन्छन् अटाे व्यवसायी ?

सवारी साधनको बृहत् प्रदर्शनी नाडा अटो सोको १४औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ। यसै सेरोफेरोमा नेपालमा अटोमोबाइल क्षेत्रको विस्तार र प्रगतिको सम्भावना, यसले रोजगारी, राजस्व र समग्र अर्थतन्त्रमा पु-याउने योगदान तथा यस क्षेत्रको विस्तारमा बाधकका रुपमा रहेका पक्षहरुबारे नेपाल रिपब्लिक मिडिया प्रालिले सम्बद्ध व्यवसायीहरुसँग बृहत् छलफल गरेको छ।

सञ्चारकर्मी निष्काशनको चौतर्फी विरोध

सरकारी प्रशारण संस्था रेडियो नेपाल दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मीलाई जागिरबाट निकालिएपछि चौतर्फी विरोध चुलिएको छ । रेडियो नेपालले सुदूरपश्चिम प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत समाचारवाचक प्रकाश बम, उद्घोषकहरु सुनिता रावल र चक्र कुँवरलाई यसै भद्र महिनाबाट लागू हुनेगरी निष्काशन गरेको थियो ।

नेपाल भाषाको ‘गाइँचा म्ये’ सार्वजनिक

गाईजात्रा पर्वको अवसर पारेर नेपाल भाषाको ‘गाइँचा म्ये’ नामक पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा आयोजित कार्यक्रममा नेपाल भाषाको ‘गाइँचा म्ये’ विमोचन गरेका थिए।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः नेता केसी

संघीयता गाउँसम्म पुग्नुपर्नेमा भ्रष्टाचार पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएका छन्।

सरकारप्रति खनिए माधव नेपालः अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति असन्तुष्टि

सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्टि जनाएका छन्।

एनआरएनएका अध्यक्ष भट्ट विमानबाट फर्काइए

सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइका छन्।मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा एनआरएनका अध्यक्ष भट्ट र सञ्चारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतार्दै फर्काएको हो।

विदेशी र नेपालीलाई एउटै हवाई भाडा अमान्य : निजी विमान कम्पनी

केही प्रभावशाली विदेशीको चासोका कारण नेपालका वायुसेवा कम्पनीले विदेशीसँग लिने हवाई भाडा नेपाली रुपैयाँ नै कामय गराउने लबिङ भइरहेको छ। अहिले नेपालका वायुसेवा कम्पनीले हवाई भाडा नेपालीसँग नेपाली रुपैयाँमै र विदेशीसँग डलरमा लिन्छन्।

प्राधिकरण अब ठूला आयोजनामा

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा दशकौंदेखि अल्झिएका जलविद्युत्का ३८ रुग्ण आयोजना निर्माण सम्पन्न गरेसँगै अब ठूला आयोजना बनाउन केन्द्रित हुने भएको छ।

कांग्रेस नेताहरु भन्छन्ः ‘पार्टी सुधार्ने हो भने देउवालाई नेतृत्वबाट बिदा गर्नुपर्छ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको राजनीतिक परिस्थितीलाई हेरेर यो बेला पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। कांग्रेस कोहलपुर नगर समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एक आपसमा तिक्तता हटाएर एक हुनुपर्ने धारणा राखे।

बाढीले ढाल्यो सीमा स्तम्भ, केही हराए, केही क्षतिग्रस्त

डेढ महिनाअघि आएको बाढीले ढालेका जिल्लाको बिजयनगर गाउँपालिकामा रहेका ५ सीमा स्तम्भको अझै संरक्षण हुन सकेको छैन। गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका २ खोलामा आएका बाढीले सीमा स्भम्भ ढालेको थियो। सीमा स्तम्भको मर्मत र संरक्षण नहुँदा त्यसयता आएको बाढीको भेलले सीमा स्तम्भ सार्दै लगेको छ।

चरैवेति माड्साब !

उनी माड्साबका नामले प्रसिद्ध थिए। वीरगञ्ज त्रिजुद्ध हाइस्कुलमा लामो समय प्रधानाध्यापक भएपछि पाएको यो उपाधि उनको आजीवन परिचय बन्यो। माड्साब भनेपछि बौद्धिक र पत्रकारिता जगत्मा नचिन्ने विरलै थिए। माड्साब अर्थात् मदनमणि दीक्षित। र, उनको छवी उपन्यास ‘माधवी’ पछि नेपाली साहित्यमा वैदिक दर्शन र पात्रमाथि गहिरो अध्ययन गर्ने वैदिककालीन आख्यानकारका रूपमा निर्माण भयो।

गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध

नेपाली सेनाका सकल दर्जाले लगाउने सैनिक पोशाक स्थानीय बजारमा सहजरुपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले व्यक्तिले ‘फेशन’का रूपमा उक्त पोशाक प्रयोग गरेकाले यसलाई निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

एनआरएनएको महाधिवेशन असोज २८ देखि काठमाडौंमा

‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्