३ मंसिर २०८१ सोमबार
image/svg+xml

केवुल च्यानलबारे सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।

बाम सरकार बनेपछि बुढीगण्डकी बनाउन गेजुवालाइ नै दिन्छाै : अोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढी गण्डकी आयोजनाको निर्माणकर्ता गेजुवा कम्पनी खारेजको निर्णय बाम सरकारले उल्टाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा साेमवार आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अध्यक्ष ओलीले चुनाव गराउने सरकारले शान्ति सुरक्षाको सट्टा लाइसेन्स बाँड्ने र खोस्ने काम गरेको भन्दै त्यसलाई उल्ट्याउने बताए ।

सरकार नछोड्ने मुगाबेको अडान

सैनिक कारवाहीका क्रममा घर भित्रै नजरबन्द गरिएका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले पहिलोपटक जनतालाई सम्बोधन गर्दै आफूले सरकार नछोड्ने बताएका छन्।

सरकार ! सुरक्षा देऊ

भयरहित सुरक्षा प्रबन्धको व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व हो, जुन पूरा गर्न नसके सरकारप्रति नै गम्भीर प्रश्न उठ्नेछ । त्यसैले पनि यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा जसले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्, उनको ध्यान जान आवश्यक छ ।

सत्तारूढ दलद्वारा मुगाबेलाई सरकार छोड्न आग्रह

सैनिक कारवाहीका क्रममा घर भित्रै नजरबन्द गरिएका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्रपति पद त्याग गर्नका लागि आग्रह गरेका छन्।

कर्जा लिएर खर्च चलाउँदै सरकार

सरकारले आर्थिक वर्षको सुरुमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएर खर्च चलाएको छ । सुरुमै ऋण उठाएको यो धेरै वर्षपछिको घटना हो । संविधान अनुसार मुलुक संघीय संरचनामा गएकाले स्थानीय तहका लागि वर्षको सुरुमै अर्बौं रुपैयाँ दिनु परेको, राजस्व संकलनमा कमी आएको र यही बेला चालु खर्च पनि बढेकाले सरकारले स्रोत जुटाउन आन्तरिक ऋण उठाएको हो ।

वाम गठबन्धनको गर्जन : ५० वर्षसम्म कम्युनिस्ट सरकार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्ने दाबी गरेका छन् । ‘हामी कम्युनिस्ट नमिल्दा कांग्रेस तीन दशक सत्ताकेन्द्रित भयो, अब हामी कम्युनिस्टले ५० वर्ष मुलुक चलाउँछौं’, पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बिहीबार दाहालले भने ।

सरकारले आचारसंहिता विपरित लाखौँ बाँडेको नेता रावलको आरोप

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन्।

वाम गठबन्धनले बहुमतको सरकार बनाउँछ :अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनले नेपालको इतिहासमा यस पटक दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

‘सरकार–विप्लव मिलेमतोमा आक्रमण’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार र नेत्रविक्रम चन्द विप्लवको मिलेमतोमा वामपन्थी गठबन्धनका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण भएको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले बुधबार साँझ राजधानीमा आयोजना गरेको विशेष पत्रकार भेटघाटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लवको मिलेमतोको संकेत देखिएको बताए ।

सरकारी निकाय भ्रष्टाचारको दलदलमा, रोजगार विभागका महानिर्देशक पक्राउ

आफू मातहतका कर्मचारीलाई मेनपावर व्यवसायीसँग घुस माग्न लगाएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जिम्बाबे सेनाद्वारा सरकारी सञ्चार माध्यम नियन्त्रणमा

जिम्बाबेका सरकारी सेनाले सरकारी क्षेत्रबाट सञ्चालित रेडियो तथा टेलिभिजनलाई नियन्त्रणमा लिएका छन्।  जिम्बाबेको राजधानी हरारे नजिकै बम विष्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

सरकार निकै पुर्वाग्रही भएर बुढीगण्डकीको सम्झौता खारेज गर्योः दाहाल

दाहाल प्रधानमन्त्री हुँदा भएको सो सम्झौता रद्द गर्ने निर्णय सोमबारको मन्त्रीपरीषद बैठकले गरेको थियो । ‘एकलौटी ढंगले त्यसलाई खारेज गर्ने निर्णय गरेर सरकार देशको आर्थिक विकास र सम्वृद्धि होइन निक्कै संकिर्ण राजनैतिक स्वार्थ र पुर्वाग्रहमा चलेको छ भन्ने प्रमाण मात्रै हो यो’ दाहालले भने । कम्पनीसँग मात्रै नभएर चीन सरकारका प्रतिनिधिसँग पनि सँगै बसेर गरेको निर्णय एकाएक खारेज हुनु गलत भएको उनले बताए ।

सम्झौता रद्द गर्ने अधिकार यो सरकारलाई छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले चुनावी सरकारलाई कुनै पनि नयाँ सम्झौतागर्ने र रद्द गर्ने अधिकार नभएको बताएका छन् । नेकपाएमाले काठमाडौंद्वारा आयोजित परिचय कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष ओलीले कुनै सम्झौतागर्नु परे वा रद्द गर्नुपरे निर्वाचित सरकारले मात्रै गर्न सक्नेबताए।

चिनियाँ कम्पनीलाई निर्माण जिम्मा दिएको बुढीगण्डकी सरकारले खोस्यो

मन्त्रिपरिषद बैठकले बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा समूहलाई निर्माण जिम्मा दिने पुष्पकमल दाहाल सरकारको निर्णय खारेज गरेको छ। १२ सय मेगावाट क्षमताको सो आयोजा अनियमित र हचुवा ढंगले चिनियाँ कम्पनीलाई दिएको भन्दै सरकार निर्णय रद्द गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्