२ मंसिर २०८१ आइतबार
image/svg+xml

स्थानीय सरकारका चुनौती

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र स्थानीयकरण गर्ने क्रममा तीन चरणमा निर्वाचन भएका छन् । पहिलो चरणमा सम्पन्न निर्वाचित स्थानीय तह र जनप्रतिनिधिहरूको सात महिना अवधि बितिसकेको छ भने तेस्रो चरणका तह र जनप्रतिनिधिहरूको सय दिन पुग्दैछ । ७५३ स्थानीय तहमा करिब ३५ हजार जनप्रतिनिधिहरू क्रियाशील छन् ।

सरकार गठन प्रक्रिया पछि धकेल्ने खेल भयो : ओली

नेकपा एमालेले नयाँ सरकार गठनमा जटिलता उत्पन्न गर्न खोजेको भन्दै सरकारसहित विभिन्न निकायको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माण प्रक्रिया जटिल बनाउन खोजिएको बताएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत पाएको छ ।

नयाँ सरकार डेढ महिनापछि

संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुर्नुपर्ने देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण सरकार गठनमा ढिलाइ हुने संकेत देखिएको हो ।

निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन्।  भिएस निकेतन युथ समितिले आज काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारले पाएको जिम्मेवारी पूरा गरेपछि मात्र सत्ता हस्तान्तरण हुने बताउँदै भने, “वाम गठबन्धनका नेताहरु काँग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाउनुभएको छ, त्यो हल्लाको पछाडि नलाग्नुहोस्, हामी निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ।”

माघको पहिलो साता नयाँ सरकार : सचिव ज्ञवाली

नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले माघको पहिलो साताभित्रै वामगठबन्धनको सरकार निर्माण हुने दावी गरेका छन्। रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा सचिव ज्ञवालीले योे समय सीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्। सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी पनि उनले गरे।

अशक्त बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको निर्णय

सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

एमाले हठ र नयाँ सरकार

नयाँ संविधानले परिकल्पना गरेअनुसार गठन हुनुपर्ने संघीय र प्रादेशिक व्यवस्थापिका सदन (संसद्) हरूको चुनाव सम्पन्न भएको झण्डै ३ साता भइसकेको छ । निर्वाचन अन्तिम परिणामअनुसार केही महिनाअघि मात्र अस्तित्वमा आएको वामपन्थी दलहरूको चुनावी मोर्चा अथवा वाम गठबन्धनले संसद्को तल्लो र प्रमुख व्यवस्थापिका सदन प्रतिनिधिसभामा (त्यस गठबन्धनमा सामेल दलहरूले संयुक्तरूपमा आर्जन गरेको जीतलाई आत्मसात् गरी एकगठ हुन सक्ने हो भने) पूर्ण बहुमत पाएको छ ।

प्रदेश २ मा सरकार बनाउन पहल गर्ने राजपाको पहल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ नम्बर प्रदेशमा आफू र संघीय समाजवादी फोरम नेपाल गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । यी दुई दल २ नम्बर प्रदेशमा गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन लडेका थिए । राजपा राजनीतिक समितिको बुधबारको बैठकले फोरमसँग मिलेर सरकार गठन गर्न अघि बढ्ने निर्णय गरेको हो ।

सरकार निर्माण र पार्टी एकता बारे प्रचण्ड र ओलीबीच छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ।

पार्टी एकता र सरकार गठनबारे एमाले माओवादी छलफल हुँदै

एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य, सरकार निर्माण र पार्टी एकता प्रक्रियालाई तीव्रता दिन आज वार्ता हुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुन लागेको हो।

सरकारको सुरसार

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएको महिना दिन बितेको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएको पनि अबको एक सातापछि महिना दिन पुग्नेछ ।

सरकार गठन र एकता सँगसँगै

एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी दुईदलीय वार्ता अघि बढ्ने भएको छ । दुवै दलका अध्यक्षबीच बुधबार बिहान हुने छलफलमा पार्टी एकता र सरकार गठनको विषयमा सँगसँगै छलफल हुने भएको छ।

सरकारी सिटामोल उत्पादन माघदेखि

सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल उत्पादन सुरु गर्ने जनाएका छ । सिटामोल उत्पादनसँग प्रत्येक महिना एक–एक नयाँ औषधि गरी आठवटा उत्पादन थप्ने लिमिटेडले घोषणा गरेको छ ।

पार्टी एकतापछि बल्ल सरकार गठन : मन्त्री पोखरेल

विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले सरकार गठनअघि पार्टी एकता हुनुपर्ने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारेका थिए ।

भ्रष्टाचारप्रति साउदी सरकारको ध्यानाकर्षण १५९ समातिए

भ्रष्टाचार अभियानलाई पछिल्लो समय तीव्रता दिएको साउदी अरेबिया सरकारले भ्रष्टाचारको अभियोगमा २० राजकुमारहरू सहित विभिन्न क्षेत्रका १५९ व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्