११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कांग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको छ: प्रदिप पौडेल

उनले भने, 'टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनुपर्छ।' देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन एक हुनुपर्छ: नेता कोइराला

उनले भने, 'सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ।' तालमेल गरेर निर्वाचनमा जाँदा काँग्रेसले एक सय सिट पाउनु पर्ने उनको दाबी छ।

सिके राउत सप्तरी २ बाट चुनाव लड्ने

जनमत पार्टीका अध्यक्ष राउत २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्न लागेका हुन्। जनमत पार्टीका केन्द्रीय सदस्य बिपी साहले बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले राउत सप्तरी २ बाट चुनाव लड्ने निर्णय गरेको जानकारी दिए।

कांग्रेस कार्यालय प्रवेशमा कडाई, कार्यकर्ता र विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्ने नारा लेखिएका व्यानरहरु प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले बैठकमा सहभागी हुन लागेको नेता तथा केन्द्रीय सदस्यहरु समक्ष आफ्ना मागहरु राखेका छन्।

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन्।

नेमकिपा अध्यक्ष विजुक्छें पत्नीको अन्त्येष्टि आज

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन संगिनी दिवंगत शोभा प्रधानको अन्त्येष्टि आज शुक्रबार दिउँंसो हुने भएको छ।

जनमतबाट खुसी मनाउने अवस्था छैन: कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्राप्त मत पार्टीका लागि उत्साहजनक नभएको निष्कर्ष निकालेको छ।

ठूला नेता कोही वडामै कोही पालिकामा पराजित

गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।

कांग्रेस केन्द्रीय सदस्य बाल्मिकीमाथि आक्रमण प्रयास

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आर्दशनगर (ड्रिमल्याण्ड होटल) नजिक आक्रमण प्रयास भएको हो।

'भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्।

चौधरीको आत्मकथा मंगोलियन भाषामा

चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ। यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्बियन, रसियन भाषामा प्रकाशित भइसकेको छ।

काँग्रेसको जागरण अभियान गाउँसम्म पुर्‍याउन पत्रकारको भूमिका महत्वपूर्ण: सिवाकोटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेसको जागरण अभियानलाई गाउँ गाउँसम्म पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

राप्रपा केन्द्रीय सदस्यमा रेखा थापासहित १४ जना मनोनीत (नामावलीसहित)

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

तीनै तहको निर्वाचनमा कांग्रेसको बहुमत हुनुपर्छः पूर्वमन्त्री भण्डारी

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्