नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेसको जागरण अभियानलाई गाउँ गाउँसम्म पुर्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाली प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको अन्तक्र्रियामा सिवाकोटीले प्रविधिको प्रयोगसँगै संचार क्षेत्रलाई पार्टीले सँगसँगै लैजानुपर्ने बताए।
युनियनका निवर्तमान महासचिव समेत रहेका सिवाकोटीले युनियनको महाधिवेशन घोषणा भइसकेकोले पार्टीको नियम, कानुन र परिधिमा रहेर काम गर्नुपर्ने बताए।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले पत्रकारिताको मर्मका आधारमा कलम चलाउनुपर्ने बताए। ‘काँग्रेसलाई समर्थन गर्छु भन्दैमा काँग्रेसकै पक्षमा लेख्नुपर्छ भन्ने छैन, पत्रकारिताको आचारसंहिता जे हो सोही अनुसार कलम चलाउनुपर्छ,’ बरालले भने।
प्रकाशित: ३० फाल्गुन २०७८ १०:१९ सोमबार