२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यालय प्रवेशमा कडाई, कार्यकर्ता र विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ता र विद्यार्थीहरुले विरोध प्रदर्शन गरेपछि सोमबार केन्द्रीय कार्यालय प्रवेशमा कडाई गरिएको छ। केन्द्रीय कार्यालयमा सोमबारबाट कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु हुँदैछ।

त्यसैले पार्टी कार्यालयमा केन्द्रीय सदस्यबाहेकलाई प्रवेशमा निषेध गरिएको छ। कार्यकर्ता र विद्यार्थीहरुले प्लेकार्ड र विभिन्न नारा लेखिएको व्यानरसहित विरोध प्रदर्शन गरिरहेका छन्। पार्टीलाई विधिसँगत ढंगले नचलाएको भन्दै उनीहरुले विरोध प्रदर्शन र नाराबाजी गरेका हुन्।

कार्यालय परिसर र बाहिरसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विद्यार्थीहरुले परिवर्तनकारी विधानको कार्यान्वयन गर्नुपर्ने, भातृसंस्थाहरुलाई तत्काल वैधानिकता दिनुपर्नेलगायतको माग राखेका छन्। प्रदर्शनमा तरुण दलका पदाधिकारी तथा कार्यकर्ताहरु पनि सहभागी छन्।

‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्ने नारा लेखिएका व्यानरहरु प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले बैठकमा सहभागी हुन लागेको नेता तथा केन्द्रीय सदस्यहरु समक्ष आफ्ना मागहरु राखेका छन्। उनीहरुले सबै भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न माग गरेका हुन्।

प्रकाशित: २७ असार २०७९ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App