४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वर्गीकरण गरेको फोहोर मात्र व्यवस्थापन गर्दै कामपा

काठमाडौँ महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ।

अन्नपूर्ण होटलको क्यासिनोबाट एक करोड नगदसहित ३ जना पक्राउ

प्रहरीले अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ।

नवलपरासीमा बस दुर्घटना: १७ जना घाइते, १ को अवस्था गम्भीर

उक्त बस नवलपरासीको सुनवल–४ स्थित गैरे पेट्रोल पम्प नजिकै अल्कत्रे डाँडामा ठोक्किएपछि १७ जना घाइते भएका छन्।

भ्वाङै कुरेर किन बस्छन् सरोकारवाला निकाय? प्वाल सानो छदै किन टाल्दैनन्?

झम्सीखेल चोकको भ्वाङ एउटा उदाहरण मात्र हो। एकले अर्कोलाई पन्छाउँदै जाँदा उपत्यकामा अधिकांश सडकमा यस्ता भ्वाङहरू देखिन्छन्। सुरुमै निदान गर्न सकिने यी भ्वाङहरू बढ्दै गएर भयङ्कर दुर्घटना समेत निम्ताउने गरेको छ। तर यी भ्वाङहरू कसले टाल्ने भन्ने कुरामा अझै पनि अन्योल छाएको छ।

अदालतको पूर्णपाठले भन्छ: ‘सन्दिपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाए’

अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो।

आफूलाई आफैँले 'मोटिभेट' गर्छन् बालेन

स्वतन्त्र उम्मेदवारबाट काठमाडौँ महानगरको मेयर बनेका शाहलाई महानगरको विषयमा काम गर्न वा महानगरसम्बन्धी कुनै पनि विषय हुँदा निकै चुनौतीहरूको सामना गर्नु परिरहेको छ।

जोगाऔं धुलिखेलका धरोहर!

धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयले लगभग तीन दशकबीचमा गरेको राष्ट्रसेवाबाट प्रभावित मलाई ती समाचारले सप्रँदो र हुर्कँदो शिक्षा र स्वास्थ्यको हलक्क बढेको बिरुवामाथि बतास लागेझैँ भयो।

अध्यागमनको जिम्मा सुरक्षा निकायलाई

काठमाडौँ विमानस्थल एकपछि अर्को विवादमा तानिँदै आएको छ। यसो हुनुमा यहाँ कार्यरत निजामती प्रशासन र सुरक्षा निकायबीच एकअर्कालाई देखिनसहने प्रवृत्ति पनि मुख्य कारण रहेको छ।

औसतभन्दा तल झर्‍यो काठमाडौँको तापक्रम

आजको औसत तापक्रम ३ डिग्री सेल्सियस रहेकोमा अहिले ८ः४५ मा २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

आजदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।

काठमाडौँमा आज २‍.५ डिग्री तापक्रम, यस वर्षकै न्यून

हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ।

कुमारजी आज्ञा गर्नुहुन्छ...

यस वर्ष बिहीबारदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ। यसै अवसरमा काठमाडौंको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला पनि प्रारम्भ भएको छ।

फुटपाथ व्यवसायीले वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ।

लागु औषध कारोबारीलाई हिरासतबाट भगाउने पूर्व प्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्