८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

नवलपरासीमा बस दुर्घटना: १७ जना घाइते, १ को अवस्था गम्भीर

बाजुराबाट काठमाडौँ आउँदै गरेको बस पश्चिम नवलपरासीमा दुर्घटनामा परेको छ।

उक्त बस नवलपरासीको सुनवल–४ स्थित गैरे पेट्रोल पम्प नजिकै अल्कत्रे डाँडामा ठोक्किएपछि १७ जना घाइते भएका छन्।

घाइतेमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये पनि १ जनाको अवस्था गम्भीर छ।

सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए।

बोहराका अनुसार बसमा ३५ जना सवार थिए। दुर्घटनामा बसका चालक पनि घाइते भएका छन्। ५ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

दुर्घटनाका घाइतेहरूको उपचार भलुहीस्थित देवदह मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर चालक सुनवल–१० गैंडाखालका स्थायीवासी सुनिल दर्जीलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ।

प्रकाशित: १९ माघ २०८० ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App