४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यी हुन् सुन तस्करीको सञ्जाल वरपर रहेका माओवादी नेता र कार्यकर्ता !

अनुसन्धानका क्रममा दुवै घटनामा कतै न कतैबाट माओवादीका नेता र कार्यकर्ता जोडिएको पाइएको स्रोतहरूले बताएका छन्। यसरी सञ्जाल वरिपरि रहेका ती नेता र कार्यकर्ता को–को हुन त ?

माओवादी नेता र कार्यकर्ताको वरिपरि घुम्यो सुन तस्करीको सञ्जाल, ६० जना बढी अनुसन्धानको घेरामा

सुन प्रकरण अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले माओवादीका ६० जना भन्दा बढी नेता र कार्यकर्ताको फोन सम्पर्कलाई अनुसन्धानको दायरामा ल्याएको छ।

सुन तस्करी अनुसन्धान: माओवादीदेखि माओवादीसम्म !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र नौ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्तावरिपरि देखिएको छ।

सुन तस्करी अनुसन्धानमा तगारो बन्यो प्रविधि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेयता नै उनीहरूले प्रयोग गर्ने मोबाइललगायत प्राविधिक डिभाइसहरूको परीक्षण गर्ने क्रममा सामाजिक सञ्जालले उपयोगमा ल्याएको वि–च्याट र ह्वाट्सएपमार्फत सञ्जाल विस्तार भएको पाइएको हो।

६० किलो सुन तस्करी प्रकरणमा १ जना पक्राउ

सोमबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका एक जनालाई पक्राउ गरेको हो।

भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।

चिनियाँ गिरोहको अपराध धन्दाः सुन तस्करीदेखि‘म्याच फिक्सिङ’सम्म

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।

अन्ततः पक्राउ परे महरापुत्र राहुल

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने, ‘राहुल महरालाई अनुसन्धानका लागि सिआइबीले नियन्त्रणमा लिएको छ।’

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्राेतका अनुसार पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल रहेका छन्।

हङकङमा प्रमाण जुटाउँदै नेपाल प्रहरी

तस्करीको ६० किलो सुनसम्बन्धी अनुसन्धानमा हङकङ प्रहरीको पनि सहयोग लिन नेपाल प्रहरीले सिआइबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई त्यसतर्फ पठाएको हो ।

एआइजीलाई कमाण्डर बनाएर सुन तस्करी अनुसन्धानमा विशेष व्यूरोको प्रवेश

सुन तस्करी प्रकरण पेचिलो बन्दै गएपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई कमाण्डर तोकेर विशेष ब्युरोको डिआइजीलाई सहभागी गराएका छन्।

यस्तो छ तस्करले बनाएको सुनको अम्खोरा, यही बोकेर जान्छन् तस्करका भारतीय प्रेमिका

सुन तस्करीमा संलग्न चिनियाँको चर्तिकलास् भारतीय युवतीलाई प्रेमिका बनाएर क्यासिनो लैजाने, ठमेलमा राख्ने र सुन बोकाएर भारत पठाउने

घडीका पुर्जामा पनि सुन तस्करी

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ।

सुन तस्करी प्रकरण: प्रहरीले माग्यो इन्टरपोलको सहयोग

नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ।

इलामका चुरेमा वन तस्करी नियन्त्रण बाहिर

असार र साउनमा माई नगरपालिका–८ को सतासीधाम सामुदायिक वनमा सखुवाका १७ हरिया रुख काटेको भेटियो। खोजी गर्दैजाँदा वन उपभोक्ता समिति अध्यक्षसहितका सात जना पक्राउ परे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्