१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

हङकङमा प्रमाण जुटाउँदै नेपाल प्रहरी

सुन तस्करी अनुसन्धान

नेपाल प्रहरीले सुन तस्करीबारे थप प्रमाण संकलन गर्न एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ। उनले हङकङ प्रहरीसँग समन्वय गरी आवश्यक प्रमाण जुटाउने विश्वास गरिएको छ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको तस्करीको ६० किलो सुनसम्बन्धी अनुसन्धानमा हङकङ प्रहरीको पनि सहयोग लिन नेपाल प्रहरीले सिआइबीमा कार्यरत एसएसपी आचार्यलाई त्यसतर्फ पठाएको हो। ‘सुन तस्करी सम्बन्धमा केही प्रमाण संकलन गर्नुपर्ने भएकाले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइएको हो,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले भने।

पछिल्लोपटक नेपालमा हङकङ हुँदै सुन तस्करी भइरहेको र त्यसमा चिनियाँ नागरिकको संलग्नता पाइएपछि प्रहरीले थप प्रमाण संकलन गर्न हङकङ प्रहरीसँग समन्वय गरिरहेको छ। सिआइबीले सुन तस्करी प्रकरण अनुसन्धानमा सहयोग गर्न इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंमार्फत एनसिबी बेइजिङलाई पत्राचार गरेको थियो। सिआइबी स्रोतका अनुसार एनसिबी बेइजिङमातहत रहेको हङकङ सव–ब्युरोसँग समन्वय गर्न एसएसपी आचार्य त्यसतर्फ गएका हुन्।

नेपाल प्रहरीले सुन तस्करीबारे थप प्रमाण संकलन गर्न एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ। उनले हङकङ प्रहरीसँग समन्वय गरी आवश्यक प्रमाण जुटाउने विश्वास गरिएको छ।

यसअघि २०७३ पुस २१ गते बरामद तस्करीको साढे ३३ किलो सुनका विषयमा पनि प्रहरीका उच्च अधिकारीले दुबई पुगेर अनुसन्धान गरेका थिए। त्यतिबेला दुबईबाट नेपाल सुन पठाउने गिरोहका नाइके हरिशरण खड्कालगायतलाई पहिचान गरी मुद्दा चलाइएको थियो। खड्कालाई पछि इन्टरपोल प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो। साढे ३३ किलो सुन प्रकरणमा आरोपित केही अदालतमा हाजिर भई धरौटीमा रिहा भएका थिए।

नेपाल प्रहरीले अहिले पनि सोही विधिलाई पछ्याएर एसएसपी आचार्यलाई हङकङ पठाएको हो। प्रहरी महानिरीक्षक वसन्त कुँवरले गृह मन्त्रालयको स्वीकृति लिएर उनलाई पठाएका हुन्। उनी मंगलबार त्यसतर्फ गएका छन्। ‘केही सूचना संकलन गर्नुपर्ने देखियो, त्यही भएर एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइएको हो,’ प्रवक्ता कडायतले भने।

गत साउन १९ देखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तस्करीको ६० किलो सुन बरामद प्रकरणलाई अन्तरदेशीय र संगठित अपराधअन्तर्गत राखेर अनुसन्धान गरिरहेको छ। तस्करीमा संलग्न भनिएका नेपाली कार्गो व्यवसायी र चिनियाँ नागरिक पक्राउ परिसकेका छन्। सिआइबीले अनुसन्धानकै क्रममा काठमाडौंका विभिन्न स्थानमा छापा मारेर प्रमाण संकलन गरे पनि नेपाल भिœयाइएको तस्करीको सुन भारततर्फ पठाउने गरिएको विषयमा भारतीय पद्द्रहरीसँग पनि समन्वय गरिरहेको छ।

नेपाल प्रहरीले अहिले पनि सोही विधिलाई पछ्याएर एसएसपी आचार्यलाई हङकङ पठाएको हो। प्रहरी महानिरीक्षक वसन्त कुँवरले गृह मन्त्रालयको स्वीकृति लिएर उनलाई पठाएका हुन्।

हङकङस्थित केही नेपाली व्यवसायी र व्यक्तिले त्यहाँ कार्यालय खोलेरै सुन तस्करी गरिरहेको आशंका नेपाल प्रहरीको छ। सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले पक्राउ गरेका चिनियाँ नागरिक जिक्वाङ लिन, याओ पुचेङ र ली वेन सुङलाई भारतीय राजस्व गुप्तचर निर्देशनालयले सन् २०१९ को सेप्टेम्बरमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

त्यसबेला याओ पुचेङसँग भारतीय नागरिकताको प्रमाणपत्र, अन्य दुईसँग नेपाली नागरिकता र पासपोर्ट  थियो।

बेल्जियन छिरिङको नेपाली नागरिकताबारे अनुसन्धान

सुन तस्करीमा मुछिएका बेल्जियन नागरिक दाबा छिरिङले नेपाली नागरिकता लिएको विषयमा अनुसन्धान थालिएको छ। गृह मन्त्रालयले उपसचिव कृष्ण कटुवालको संयोजकत्वमा अनुसन्धान थालेको हो।

छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २०७४ पुस २० मा नागरिकता लिएको खुलेको छ। ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ गरिएका चारजना चिनियाँसँग पनि नेपाली नागरिकताको प्रमाणपत्र भेटिएको छ। जसमध्ये ३ जनाले काभ्रेबाट र एकजनाले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको सिआइबी स्रोतले जनाएको छ।

सुन तस्करीमा मुछिएका बेल्जियन नागरिक दाबा छिरिङले नेपाली नागरिकता लिएको विषयमा अनुसन्धान थालिएको छ। गृह मन्त्रालयले उपसचिव कृष्ण कटुवालको संयोजकत्वमा अनुसन्धान थालेको हो।

छिरिङको साथबाट ३०–०१–७४–११८६५ नम्बरको नेपाली नागरिकता फेलापरेको सिआइबी स्रोतले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०८० ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App