तस्करीमा माओवादी, कारबाहीमा प्रहरी
सरकारले सुन तस्करीमा जोडिएका माओवादी केन्द्रमा उच्च नेताहरूलाई उन्मुक्ति दिएर प्रहरीलाई कारबाही गर्न खोजेको छ।
सरकारले सुन तस्करीमा जोडिएका माओवादी केन्द्रमा उच्च नेताहरूलाई उन्मुक्ति दिएर प्रहरीलाई कारबाही गर्न खोजेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र नौ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्तावरिपरि देखिएको छ।
तस्करीको ६० किलो सुनसम्बन्धी अनुसन्धानमा हङकङ प्रहरीको पनि सहयोग लिन नेपाल प्रहरीले सिआइबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई त्यसतर्फ पठाएको हो ।
राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको दुई साता बितिसक्दा पनि त्यसका वास्तविक मालिक को हुन् भन्ने पत्ता लगाउन सकेको छैन।