११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

साफ यू-२० च्याम्पियनसिप: श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल

माल्दिभ्समा जारी साफ यू-२० पुरुष च्याम्सिपयनसिपमा बुधबार नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ।

यी दुवै टोली आज आफ्नो दोस्रो खेल खेल्दैछन। यसअघिको खेलमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको थियो भने माल्दिभ्स श्रीलंकासँग ३-२ ले पराजित भएको थियो।

आज दुवै टोली दोस्रो जितको खोजीमा हुनेछ। प्रतियोगितामा कुल ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: ११ चैत्र २०८२ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App