४ पुस २०८१ बिहीबार
image/svg+xml

धादिङ उद्योग वाणिज्य संघमा खत्री

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री विजयी भएका छन्। धादिङबेंसीमा भएको २५औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले खत्री आगामी कार्यकालका लागि विजयी भएका हुन्। खत्रीले ६ सय ५४ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी विष्णुप्रसाद थपलियाले ६ सय १२ मत ल्याए।

धादिङमा बस दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङमा दुर्घटना भएको छ। बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

धादिङका प्रहरी अब सुविधायुक्त भवनमा

विनाशकारी भूकम्पले धादिङका अधिकांश घरसँगै प्रहरी चौकी पनि भत्किएका थिए। शान्तिसुरक्षामा खटिँदै आइरहेका प्रहरी त्रिपालमा बस्दै आएका थिए। भवन नहुँदा समस्या भोग्दै आएका प्रहरीका लागि बल्ल भवन निर्माण कार्य गरिएको छ।

सीप सिकेर आत्मनिर्भर बन्दै अपांग महिला

जन्मजात अपांग भएकी धादिङको गल्छी गाउँपालिका–७, पलाङखर्ककी २१ वर्षीय भवानी कार्की धादिङको वैरेनीमा सिलाइकटाइ सिकिरहेकी छन्। उनको जन्मजात दुवै खुट्टा लुलो भइ हिँड्न नमिल्ने भएको छ। ६ जनाको परिवारमा आफूमात्रै शारीरिक अपांगता भएर बस्नुपर्दा अरुको बोझ जस्तै लाग्ने गरेको कार्कीले बताइन्।

धादिङमा रिलायन्स इन्सुरेन्स

रिलायन्स लाइफ इन्सुरेन्सले धादिङ जिल्लामा शाखा सञ्चालनमा ल्याएको छ। इन्सुरेन्सले औपचारिक रुपमा बुधबारदेखि शाखा कार्यलयबाट सेवा सञ्चालनमा ल्याएको हो।

धादिङबेंसीमा अब पानीको समस्या हुँदैन

खुला रूपमा जडान गरिएका पाइप ठाउँ–ठाउँमा काटिएका कारण पूरै पानी उपभोक्ताका धारासम्म आइनपुग्नु धादिङ सदरमुकाम धादिङबेंसीको समस्या नै हो। नीलकण्ठ नगरपालिका क्षेत्रमा पर्ने यहाँका धारामा नियमित पानी नआउँदा सदरमुकामबासीले दैनिक समस्या व्यहोर्नु परिरहेको छ। बढ्दो जनसंख्याका कारण यहाँ बर्सेनि खानेपानीको समस्या चुलिँदै गएको छ।

ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धादिङको गल्छी गाउँपालिकास्थित गोगनपानीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुई बस ठोक्किंदा एकको मृत्यु, ३१ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३- मालिङ्गगामा  शनिबार दुई वटा बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

उत्तर र मध्य धादिङमा सवा दुई अर्ब रेमिट्यान्स

जिल्लामा एक वर्षको अवधिमा दुई अर्ब २४ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । दैनिक तीन सयदेखि पाँच सयजनासम्म विदेशबाट पठाएको पैसा झिक्न आउने गरेको धादिङेबसीमा रहेको कला इन्टरनेसनल प्रालिका प्रबन्धक रामचन्द्र गिरीले बताए।

जिल्लामै पहिलोपटक ‘मर्चुरी फ्रिज’

जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मर्चुरी फ्रिज(शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) राखिएको छ । गजुरी गाउँपालिकाको पहलमा स्वास्थ केन्द्रमा यस्तो फ्रिज राखिएको हो ।

गुनासो गर्दागर्दै चार बर्खा बिते तर अनुदान पाइएन

गजुरी गाउँपालिका–८, किराञ्चोकका सहदेव जमरकट्टेलको घर तीन वर्षअघि गएको भूकम्पले बस्न नमिल्ने गरी भत्कियो।

९० वटा स्वास्थ्य संस्थालाई निःशुल्क नेबुलाइजर

चिकित्सक र औषधी उपकरण नहुदाँ जिल्लाका धेरै स्वास्थ्यसंस्थाहरू आफैं थला परेका छन्। सदरमुकाममै रहेको जिल्ला अस्पताल पनि औषधी उपकरण तथा चिकित्सक नहुदाँ बिजोगम परेको छ।

धादिङमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु, तीन घाइते

धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा टिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ। थक्रे गाउँपालिका १० भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना भएको हो।

सडक मर्मत भएपछि दसैं मान्न सजिलो

वर्षामा बिग्रिएका धादिङका ग्रामीण सडक दसैंको मुखमा धमाधम मर्मत हुन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । बाढीपहिरोका कारण जेठको पहिलो सातादेखि बन्द जिल्लाका ग्रामीण सडक मर्मत गरी खुलाउन थालिएको हो।

अधिकारीको फोटो उत्कृष्ट

धादिङ जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रथम जिल्ला स्तरीय फोटोग्राफी प्रतियोगितामा पत्रकार सीताराम अधिकारीले खिचेको फोटो उत्कृष्ट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्