२१ आश्विन २०८१ सोमबार
image/svg+xml

९२ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ

दुई भारतीय महिलालाई प्रहरीले अवैध लागुऔषध गाँजासहित पक्राऊ गरेको छ। झण्डै पाँच लाख मूल्य बराबरको करिब साढे ९२ किलो गाँजासहित भारतीय महिलाहरू शुक्रबार बिहान पक्राउ गरेका हुन्।

४ सय किलो गाँजासहित एक पक्राउ

मकवानपुर प्रहरीले अबैध लागूऔषध ४ सय किलो गाँजासहित राक्सिराङ गाउँपालिका–८ ठूलो टोड्केका मानबहादुर मोक्तानलाई पक्राउ गरेको छ।

पशुपति क्षेत्रमा अब गाँजा र लागुपदार्थ निषेध

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ। यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि यो अभियान शुरु गरेको हो।

८६ केजी गाँजासहित दुई भारतीय गिरफ्तार

चितवन प्रहरीले लागू औषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले दिएको जानकारी अनुसार मंगलबार दिउँसो पौने दुई बजे भारतीय जीपबाट ८६ किलो ४७० ग्राम गाँजा बरामद भएको हो । प्रहरी सहायक निरीक्षक (असई) अक्ष्यकुमार साहको नेतृत्वमा रहेको गस्ती टोलीले भरतपुर महानगरपालिका वडा नं. ९ गोन्द्राङमा जीप फेला पारेको डिएसपी शर्माले बताए ।

तेह्र किलो गाँजासहित एक महिला पक्राउ

भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट विहीबार पक्राउ गरेको हो।

४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ

र्सा प्रहरीले ४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ गरेको छ । विश्रामपुर गाउमा रहेका कारोबारीको घरमा छापामारी ४८ किलो गाँजा र प्याकिङ गर्ने सामग्री बरामद गरेको छ । पक्राउ पर्नेमा बहदुृरामाई नगरपालिका –९ बिश्रामपुरका ३० वर्षे शर्माप्रसाद कलवार र उनका भाई २७ वर्षीय गम्भिर साह कलवार रहेका प्रहरी उपरीक्षक गणेश रेग्मीले जनाए ।

३८ किलो गाँजासहित एकजना पक्राउ

लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

३० किलो गाँजासहित दुई पक्राउ

इलाका प्रहरी कार्यालय गजुरीले ३० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका – १ गजुरीबजारबाट विहीबार पक्राउ परेको हो।

अफिम र गाँजा सहित तीन प्रक्राउ

अफिम र गाँजा सहित प्रहरीले तीन जनालाई प्रक्राउ गरेको छ। मुसीकोट नगरपालिका वडा नं. ८ साँखका ३८ वर्षिय हिमवहादुर पाण्डे र सोही नगरपालिका वडा नं. ७ का २३ वर्षिय कमल र विजय रातवलाई प्रक्राउ गरेको हो।

गाँजा कारोबारी पक्राउ

लागू औषध गाँजालाई भारत पुर्‍याउन लाग्दा पक्राउ परेका दुई जनालाई बारा प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ।

६ क्विन्टल गाँजा नष्ट

लागुऔषध नियन्त्रण महाअभियान अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–३३ का झण्डै ६ क्विन्टल परिमाणको गाँजा मंगलबार नष्ट गरिएको छ । लागुऔषध नियन्त्रण महाअभियान पोखरा लेखनाथ ३३ का संयोजक गणेश ढकालका अनुसार वडाका मनियलडाँडा, हुँडिकोट, भर्तिपोखरा, डाँडागाउँ र जिव्रेढुङ्गा लगायतका स्थानमा गाँजा फडानी गरिएको हो ।

१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आइतबार बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो।

लागुऔषध गाँजा र अफिमसहित २ जना पक्राउ

अबैध लागूऔषध गाँजा र अफिमसहित २ जनालाई मकवानपुर प्रहरीले ग्राहक बनेर पक्राउ गरेको छ। २२ किलो ५ सय ग्राम गाँजा र १ किलो २ सय ग्राम अफिमसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

बालुवामुनि लुकाएको गाँजासहित ३ पक्राउ

सुनसरी कोशी कटान क्षेत्रमा बालुवामुनि लुकाएको गाँजासहित तीन जना कारोबारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्