२१ आश्विन २०८१ सोमबार
image/svg+xml

'गाँजा बाँड्ने साधुलाई कारबाही गर्छौं'

गाँजा भाङ, धतुरो नखाए' के महाशिवरात्रि! शिवरात्रिका अवसरमा युवाको मुखमा झुन्डिने शब्द हो यो। गाँजा, भाङ र धतुरोलाई भगवान् शिवको प्रिय मान्ने धेरै छन्। प्रसादका नाममा लागूपदार्थ सेवन गर्नु राम्रो होइन।

१३ हजार बोट गाँजा नष्ट

पर्साको सुबर्णपुर र निर्मलबस्तीमा लगाईएको गाँजा खेती प्रहरीले मंगलवार फडानी गरेको छ। फेरी पनि पर्सा जिल्लाका खेतमा ‘ट्रायल’मा गाँजा खेती सुरु भएपछि प्रहरीले अंकुश लगाउन फडानी अभियान थालेको हो।

गाँजाको अबैध खेती नष्ट गर्दै प्रहरी

दक्षिणी धादिङको किरान्चोक गाविसका महाभारत क्षेत्रमा अवैध रुपमा खेती हुँदै आएको प्रतिवन्धित लागु औषध गाँजा प्रहरीले नष्ट गरेको छ। अवैध रुपमा खेत बारीमा र घर छेउछाउ खाली जमिनमा लगाइएको गाँजा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले नष्ट गरेको हो।

'सही गर्दा ओलीले गाँजा खाएका थिए?'

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सहीछाप गरेको प्रस्तावको विरोधमा उत्रिएको आरोप लगाएका छन्। विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा उत्रिनुको कुनै तुक नभएको बताए।

ओलीलाई देउवाको प्रश्नः सहिछाप लगाउँदा गाँजा खाएर लगाएको हो ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एमालेले सात प्रदेशको खाका ल्याउँदा ओलीले गाँजा खाएर सहिछाप गरेको हो?, भनेर प्रश्न गरेका छन्। हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो भन्दै देउवाले प्रश्न गरे, ‘के त्यतिबेला प्रस्तावमा सहिछाप लगाउँदा ओलीले गाँजा खाएका थिए?’

गाँजा खाएका दाजु-भाइको झगडामा खुकुरी लागेर बाबुको मृत्यु

सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको शङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ ।

धनकुटाको छिन्ताङमा गाँजा फडानी

धनकुटाको छिन्ताङमा प्रहरीले गाँजा फडानी गरेको छ। प्रहरी उपरीक्षक सुदिप राजभण्डारीको कमाण्डमा गएको प्रहरी टोलीले छिन्ताङ गाविस वडा नं. ९ तित्रेडाँडामा १४ रोपनी क्षेत्रफलमा लगाइएको एक हजार ५५ बोट र छिन्ताङ– ५ मा दुई रोपनीमा रोपिएको ५ सय बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

१३ किलो गाँजासहित ३ जना नियन्त्रणमा

रौतहटको टेंग्राहा गाविसको मेवाटोलबाट आइतबार प्रहरीले १३ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित ३ जनालाई कारोवारीलाई नियन्त्रणमा लिएको छ।

मकै बारीमा गाँजाखेती

ललितपुर-ललितपुरको चापाखर्क क्षेत्रमा मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्