वीरगन्ज-पर्साको सुबर्णपुर र निर्मलबस्तीमा लगाईएको गाँजा खेती प्रहरीले मंगलवार फडानी गरेको छ। फेरी पनि पर्सा जिल्लाका खेतमा ‘ट्रायल’मा गाँजा खेती सुरु भएपछि प्रहरीले अंकुश लगाउन फडानी अभियान थालेको हो।
प्रतिबन्धीत लागु पदार्थको बनस्पति गाँजाको खेतीको कुनै बेलामा ‘हब’ रहेको पर्सा जिल्ला बिगत आधा दशक यसबाट मुक्त रह्यो। यो सिजनमा फ्याटफुट गाँजा खेती देखिएपछि सूरक्षा निकायका लागि चुनौति जस्तो भएपछि जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरी इकाइहरुलाई गाँजा फडानीको लागि कडाई गरेको छ। ग्रामिण सुरक्षा इकाईहरुलाई प्रभावमा पारी गाँजा खेती गर्ने पुरानो चलन फेरी पनि चलाउने यसका अनभवीहरु प्रयास थालेको बेला यसपाली पर्सामा करिब १६ कट्ठा गाँजा फडानी भएको हो।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, सेढवा, प्रहरी चौकी सुबर्णपुर, माहदेवपटी, सशस्त्र प्रहरी बल बिओपी सुबर्णपुरको संयुक्त टोलीले बेग्लाबेग्लै ठाउँमा लगाइएका ११ कट्ठा गाँजा नष्ट गरेको थियो । खेतबाट फडानी गरी ल्याइएको करिब १३ हजार बोट गाँजा जलाइएको थियो । गाँजा खेती गर्नेले मकवानपुरबाट गाँजाको बिउ ल्याई रोपेको स्थानीयले बताए । गाँजा खेती फेरी उन्मुलनको अवस्थामा पुर्याउन लागिपरेको प्रहरी उपरीक्षक गोबिन्द साहले बताए।
प्रकाशित: २६ पुस २०७३ १४:३२ मंगलबार