६ वैशाख २०८१ बिहीबार
समाज

४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ

वीरगन्ज –पर्सा प्रहरीले ४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ गरेको छ ।विश्रामपुर गाउँमा रहेका कारोबारीको घरमा छापामारी ४८ किलो गाँजा र प्याकिङ गर्ने सामग्री बरामद गरेको छ ।

पक्राउ पर्नेमा बहदुृरामाई नगरपालिका –९ विश्रामपुरका ३० वर्षीय शर्माप्रसाद कलवार र उनका भाइ २७ वर्षीय गम्भिर साह कलवार रहेका प्रहरी उपरीक्षक गणेश रेग्मीले जनाए । गत सोमबार छापा मारेर बरामद गरिएको सामग्री र अवैध गाँजा कारोबारका आरोपीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो ।

विशेष सूचना पाएर गएको प्रहरी टोलीले रित पुर्‍याएर घरमा खानतलासी गर्दा शर्माको कोठाबाट २३ किलो र उनका भाइ गम्भिराको कोठाबाट २५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यसबाहेक गाँजा प्याकिङ गर्ने प्लास्टिक, कार्टुन टेप र कैची लगायत सामान पनि फेला परेको थियो ।

प्रकाशित: १३ पुस २०७४ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App