१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पन्ध्र किलो गाँजासहित दुईजना पक्राउ

लहान –लागुऔषध गाँजासहित सिरहाको गोलबजार क्षेत्रबाट बुधबार प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालयको टोलीले बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा १५ किलो गाँजासहित मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु–२ निवासी प्रेमवहादुर राईलाई पक्राउ गरेको हो । 

गाँजा बोरामा प्याकिङ गरी निकासीको तयारी गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मुक्सारस्थित छत्रबहादुर राईको गोठबाट बोरामा गाँजा प्याकिङ गरिरहेकै अवस्थामा ती दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रकाशित: ३० चैत्र २०७३ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App