coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालुवामुनि लुकाएको गाँजासहित ३ पक्राउ

प्रहरीले गाँजासहित पक्राउ गरेका कारोबारी। तस्बिरः नेपाल प्रहरी

इटहरी– सुनसरी कोशी कटान क्षेत्रमा बालुवामुनि लुकाएको गाँजासहित तीन जना कारोबारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

कोशी गाउँपालिका क्षेत्रमा बालुवामुनि लुकाएको एक सय २१ किलो गाँजासहित सुनसरी बराह नगरपालिकाका सञ्जिव मुखिया, कोशी गाउँपालिकाका विद्यानन्द मुखिया र भोजपुर हसनपुरका घनश्याम खड्कालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने १८ देखि २० वर्ष उमेर समूहका छन्।

शुरुवातमा कोशी ब्यारेज क्षेत्रमा शंका लागेर चेकजाँच गर्दा गोजीमा सरदर एक सय ग्राम गाँजा भेटेर सोधीखोजी गर्दा पक्राउ पर्नेले लुकाएको ठाउँ देखाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी प्रवीण धितालले बताए। उनका अनुसार, पक्राउ पर्ने समूहले बालुवामुनि प्लाष्टिकको बोरमा बेरी लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको थियो ।

सीमा प्रहरी चौकी भण्टाबारी र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट हरिपुरले केही दिनदेखि भारततर्फ गाँजा लाने गिरोह सक्रिय भएको सूचनाका आधारमा निगरानी बढाएको थियो। निरन्तर निगरानी गरेकै आधारमा दुवै प्रहरीको सक्रियतामा गाँजा कारोबारीलाई पक्राउ गर्न सफल भएको डिएसपी धितालले बताए।

नेपाली गाँजा भारत हुँदै जापान, रसियालगायतका अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा बिक्री हुने गर्छ ।
केही वर्षअघिसम्म सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर करिव ३ किलोमिर वालुवैवालुवाको बगर पार गरेपछि पुगिने बस्ती श्रीलंका टापुमा गाँजा खेती गरिन्थ्यो। त्यहाँ प्रहरीले निगरानी गरेर नष्ट गर्न थालेपछि अहिले कोशीको पूर्वी तटबन्धकै रुटहुँदै पहाडबाट गाँजा ल्याएर भारतमा लगी बिक्री गर्ने गिरोह सक्रिय हुन थालेको छ ।

भारतसम्म गाँजा पु¥याउनका लागि पहाडबाट सुनसरीसम्म एउटा समूहले र सुनसरीबाट भारतसम्म पु¥याउने अर्कै समूह रहेको पत्ता लागेको डिएसपी धितालले बताए। गाँजा कारोबार गर्ने गिरोहमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।  

एक महिनाअघि पनि प्रहरीले भारततर्फ लाँदै गरेको गाँजासहित एम्बुलेन्स सुनसरीकै भाण्टाबारीबाट पक्राउ गरेको थियो। प्रहरीले को १ च ५५०५ नम्बरको एम्बुलेन्स भारततर्फ लाँदै गरेको एक सय ८८ केजी गाँजासहित पक्राउ गरेको थियो।

सुनसरीको लागूऔषध कारोबार हुने मुख्य केन्द्रमा भाण्टाबारीसँगै धरान, इटहरी, इनरुवा र झुम्का रहेको छ ।

२०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएपछि असन्तुष्ट संयुक्त मधेसी मोर्चाले तराई–मधेसमा आधा बर्षसम्म आन्दोलन जारी राखेको मौका पारेर सुनसरीकै भाण्टाबारी नाकाबाट लागुऔषध कारोबारी गर्ने सक्रिय भएका थिए । भारतबाट भाण्टाबारी नाका हुदैं लागुऔषध भित्रयाउने र नेपालबाट भारत लाने गिरोहबाट सक्रिय एको प्रहरीको रेकर्डमा उल्लेख छ ।
 

प्रकाशित: १६ चैत्र २०७३ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App