८ वैशाख २०८१ शनिबार
समाज

३० किलो गाँजासहित दुई पक्राउ

धादिङ – इलाका प्रहरी कार्यालय गजुरीले ३० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका – १ गजुरीबजारबाट विहीबार पक्राउ परेको हो। 

काठमाडौँबाट विरगंज जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। 

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा ट्रकको अगाडि पट्टीको क्याविनमा लुकाई राखेको अवस्थामा सेतो र पहेँलो गरी २२ वटा बोराभित्र गाँजा फेला पारेको हो।

पक्राउ पर्नेमा ट्रकका चालक पर्सा कल्याणपुरका हृदयनन्दप्रसाद यादव र विरगजंका आकाश सुनार रहेको प्रहरीले जानकारी दिएको छ।  

प्रकाशित: २८ मंसिर २०७४ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App