२१ आश्विन २०८१ सोमबार
image/svg+xml

५० किलो गाँजासहित दुई जना पक्राउ

लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त दरवारमार्गद्वारा खटिएका प्रहरी टोलीले उक्त गाँजासहित कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

दुई सय १२ किलाे गाँजासहित दुईजना पक्राउ

मकवानपुरबाट प्रहरीले दुई क्वीन्टल बढी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गाडीका चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने ३६ वर्षीय रामजस यादव र सोही ठाउँका १९ वर्षीय उज्वल गुर्मछाने मगर रहेका छन्। २ सय १२ किलोग्राम गाँजा र गाँजा बोक्न प्रयोग गरिएको पिकअप भ्यानसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।

गाँजासहित युवक पक्राउ

सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११, बालगंगाका २४ वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

संसदमा किन उठ्यो गाँजा प्रतिबन्ध हटाउने माग ?

गाँजा खेती नेपाली राजनीतिमा फेरि एकपटक बहसको विषय बनेको छ। विभिन्न देशले यसमाथिको प्रतिबन्ध फुकाएको भन्दै नेपालमा पनि यसविरूद्धको प्रतिबन्ध फुकुवा गर्न नेकपाका सांसद विरोध खतिवडाले बुधबार प्रतिनिधि सभामै आवाज उठाए। त्यसो त नेपालमा गाँजा सधैँ प्रतिबन्धित थिएन। सन् १९७६ मा सरकारले लागुपदार्थसम्बन्धी ऐन ल्याएर यसमा प्रतिबन्ध लगाएको थियो।

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु क्षेत्रमा शुक्रवार राति गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ। उक्त दोहोर गोली हानाहानमा कुनै मानविय क्षति भने भनएको प्रहरीले जनाएको छ।

सिन्धुलीमा व्यवसायिक गाँजा खेती, १ सय २१ विगाहामा नष्ट गरियाे

यस वर्ष सिन्धुलीमा ठुलो परिमाणको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। केहि वर्ष अगाडीबाटै व्यवसायिक रुपमा खेती हुँदै आएको गाँजा यस वर्ष जिल्ला प्रहरी कार्यालयको सक्रियतामा फडानी भएको हो।

सिन्धुलीमा गाँजा खेती मौलाउँदै, ९७ बिघामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

जिल्लाका विभिन्न स्थान गरी ९७ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कपिलाकोटको सक्रियतामा मरिण र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा फँडानी गरिएको हो।

गाँजा फाँडिन्छन् तर व्यक्ति पक्राउ पर्दैनन्

केही दिनअघि सिरहाको गोलबजार नगरपालिका–२, टुडकियामा प्रहरीले पाँच सय बोट गाँजा फँडानी गर्‍यो। गाउँभरिका घरबारीमा लगाइएका गाँजा नष्ट गरे पनि प्रहरीले यसमा संलग्न एक जनालाई पनि कारबाही गरेन। गोलबजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन घिमिरेले भने,‘व्यावसायिक रूपमा गाँजा खेती गरिएको भए पो कारबाही गर्नु। बारीमा पाँच/दसवटा झार पलाएको भरमा मानिसलाई कारबाही गर्न सकिन्न।’

५ सय ७० केजी गाँजा र हतियार सहित तीन पक्राउ

धादिङको बेनिघाट रोराङ गाउँपालिका –२ ओवाङ गाउँबाट प्रहरीले लागु औषध गाँजा र हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ।

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ।

आठ करोडको गाँजा प्रहरीले फडानी गर्‍यो

सिन्धुलीको मरिण गाउँपालिकाका विभिन्न वडामा लगाइएको करिब ८ करोड मुल्य बराबरको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ।

साढे चार किलो गाँजासहित दुईजना पक्राउ

धादिङको वेनिघाट रोराङ गाउँपालिका ४ रुदिन गाउँमा प्रहरीले साढे चार किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

तेल ट्यांकरमा गाँजा तस्करी

तेल बोकर ल्याउने टयांकरको डब्बाभित्र राखेर भारततर्फ गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गाँजा नष्ट गर्दै प्रहरी

प्रहरीले गाँजा नष्ट अभियान सुरुवात गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वशन्त रजौरेले प्रदेश राजधानी वीरेन्द्रनगरबाट यो अभियानको सुरुवात गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्