२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सात रोपनीमा लगाइएको १२ सय बोट गाँजा प्रहरीद्वारा नष्ट

लागुऔषध र दुर्व्यसनका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ। यही क्रममा रैनादेवी छहरा गाउँपालिका–७, सुकादमारमा रहेको व्यवसायिक गाँजाखेती प्रहरीले नष्ट गरेको छ।

गाँजा सहित १ जना पक्राउ

महोत्तरीमा गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।  एकडारा गाउँपालिका १ बस्ने ५१ वर्षीय रामएकवाल मण्डललाई ६ किलो गाजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खड्काले बताएका छन्।

११३ किलो गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

प्रतिबन्धित लागुऔषध गाँजा १ सय १३ किलो सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले गाँजासहित ट्रकका चालक विष्णुभक्त श्रेष्ठलाई आईतबार पक्राउ गरेको हो।

गाँजा र अवैध सामग्रीसहित ३ पक्राउ

प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ।

गाँजा तस्करीको ट्रान्जिट बन्दै महोत्तरी

प्रहरी र गाँजा तस्करबीच साउन १ को मध्यराति भिडन्त भयो। एकडारा गाउँपालिका ३ अजमरपट्टी पर्सा हुँदै भारततर्फ गाँजा निकासी गर्न थालिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खडकाको नेतृत्वमा खटिएको प्रहरी टोली र तस्करबीच गोली हानाहान भयो।

२ सय ३ किलो गाँजासहित ६ पक्राउ

प्रहरीले २ सय ३ किलो ७ सय २० ग्राम लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। सवारी साधनमा लुकाई छिपाई भारततर्फ लादै गरेको १ सय १५ किलो लागुऔषध गाँजासहित २ जना र भारतीय जिपबाट ८८ किलो ७ सय २० ग्राम गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गर्दै विहिवार सार्वजनिक गरेको हो।

किताबको प्याक जस्तै बनाएर गाँजा तस्करी

किताबको प्याकेट जस्तै बनाएर तस्करी गर्न लागिएको ७० किलो गाँगा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले नियमित चेकजाचको क्रममा जितपुर ठोरी जनता रोड बाट ७० केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरी र गाँजा तस्करबीच भिडन्त

महोत्तरीको एकडारा गाउँपालिका–३ अजमरपट्टिमा गएराति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ। भिडन्तमा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

चितवनमा ११२ किलो गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ।

एक विगाह जमिनको गाँजा खेती नष्ट

कञ्चनपुरमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे संयुक्त टाेलीले एक विगाहामा लगाएकाे गाँजा खेती नष्ट गरेका छन्।

गाँजाका कपडा प्रवर्द्धनमा प्रशासनकै अवरोध

गाँजाको रेशाबाट बनेका कपडाको माग बढ्दै गए पनि व्यवसायीले यसको प्रवर्द्धनमा सरकारकै अवरोध भोग्नुपरेको छ । गाँजाको रेशाबाट बनेको कपडा बेचेर गाँजा व्यवसायमा सहयोग गरेको भन्दै प्रशासनले बोलाएर केरकार समेत गरेको व्यवसायीले बताएका छन्।

गाँजासहित दुई भारतीय महिला पक्राउ

दुई भारतीय महिलालाई प्रहरीले अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ। झन्डै पाँच लाख मूल्यबराबरको करिब साढे ९२ किलो गाँजासहित भारतीय महिला शुक्रबार बिहान पक्राउ गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्