७ पुस २०८१ आइतबार
image/svg+xml

आठ वर्षभित्र नेपाल विकासशील देश

सन् २०२५ भित्रै नेपाल लगायत १६ मुलुक अल्पविकसित समूहबाट स्तरोन्नति भई विकासशीलको समूहमा पुग्ने संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले जनाएको छ। संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलन (अंकटाड) ले सार्वजनिक गरेको अल्पविकसित मुलुकको प्रतिवेदनअनुसार नेपाल सन् २०२५ भित्र ३ मध्ये २ सूचकको आधारमा स्तरोन्नति भई विकासशील राष्ट्रको समूहमा उक्लिन सक्ने देखिएको हो।

थापाको डेब्युमा नेपाल विजयी

पूर्व राष्ट्रिय खेलाडी कुमार थापाको नेतृत्वमा नेपाली महिला राष्ट्रिय टोलीले सुखद सुरुआत गर्ने क्रममा शनिबार मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० को विजय हासिल गरेको छ। थापाको प्रशिक्षणमा पहिलो खेल खेलिरहेको नेपालको जितमा सावित्रा भण्डारीले पहिलो हाफमा गरेको एउटै गोल पर्याप्त भयो।

मुगुका ११ घरधुरी आगलागी पीडितलाई नेपाली सेनाको सहयोग

गत मङ्सिरको २० गते दिउँसो मुगुस्थित खमाले गाविस–९ चाकपाडे गाउँमा आगलागी हुँदा पीडित बनेका ११ घरधुरीलाई आज नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ ।

नेपाल-मलेसिया खेल आज

भारतको सिलगुडीमा यसै महिना हुने चौथो महिला साफ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले शनिबार एन्फा कम्प्लेक्सको सातदोबाटोस्थित घरेलु मैदानमा मलेसियासँग अभ्यास खेल खेल्ने भएको छ।

नेपालको सम्भावना समाप्त

साविक विजेता भारतसँग ६ विकेटले पराजित भएपछि एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालको दोस्रो चरण पुग्ने सम्भावना सकिएको छ। शुक्रबार कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

ओबामाले गरे 'नेपाल ग्राह्यता कार्यक्रम' मा हस्ताक्षर

अमेरिकाले नेपाललाई दिएको व्यापार ग्राह्यता कार्यक्रम लागू हुने भएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि ट्रेड प्रिफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रम सिर्जना गर्ने ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५ (टिएफटिइए) अर्थात् २०७३ सालको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनमा बिहीबार हस्ताक्षर गरेपछि नेपालले व्यापार ग्राह्यता पाउने निश्चित भएको हो।

काठमाडौंमा नेपाल–भारत मैत्री मेला हुने

काठमाडौंमा नेपाल–भारत मैत्री मेला कार्यक्रम अयोजना हुने भएको छ। नेपाल–भारत युथ मैत्री संघको आयोजनामा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। मेलामा नेपाल तथा भारतको सांस्कृतिक तथा पर्यटन प्रदर्शनी समेत हुने भारतीय संस्था क्रेजी चेप्सका अध्यक्ष अमिन चन्द्रकारले बताए।

बन्द अवज्ञा गरेको विषयमा नेपालगञ्जमा तनाव (फोटो-भिडियो)

बन्दको अवज्ञा गरेको भन्दै नेपालगन्जको विपी चोकमा एमाले कार्यकर्ताले कार तोडफोड गरेका छन् । सो क्रममा विवाद हुँदा बन्दकर्ता र कारमा सवार युवाबीच झडप समेत भएको थियो ।

नेपाल भारतसँग ६ विकेटले पराजित

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजय भोगेको छ। भारतसँगको शुक्रबारको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो।

नेपालमा पोकेमन गो सुरु

युवापिढीको बहुप्रतीक्षित मोबाइल खेल 'पोकेमन गो' नेपालमा सार्वजनिक भएको छ। वास्तविक लोकेसनमा आधारित उक्त खेल एकैसाथ दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, भुटान, बंगलादेश र श्रीलंकामा समेत सार्वजनिक गरिएको हो।

नेपालको चुनौती समाप्त

नेपाल इन्टरनेसनल ब्याटमिन्टनमा नेपाली खेलाडीको चुनौती सकिएको छ। नेपालका २२ खेलाडीले प्रतियोगितामा पुरुष र महिलाले एकल, डबल्स र मिक्स डबल्स विधामा प्रतिस्पर्धा गरेका थिए। कुनै पनि खेलाडीसेमिफाइनलसम्म पुग्न सकेनन्।

श्रीलंकासँग नेपाल १ रनले पराजित

एसीसी यु-१९ युथ एसिया कपको आयोजक देश श्रीलंकासँग नेपाल एक रनले पराजित भएको छ। श्रीलंकाले २२८ रनको लक्ष्य दिएको थियो। जितको नजिकै रहेको नेपालले अन्तिम ओभरको तीन बल बाँकी रहँदा अल आउट भएर माैका गुमायो।

श्रीलंकाविरूद्ध नेपाल ब्याटिङ गर्दै

एसीसी यु-१९ युथ एसिया कपको आयोजक देश श्रीलंका र नेपालबीच समूह चरणको पहिलो खेल जारी छ। खेलको लाइभ भिडियो हेर्नुहोस्ः

आयोजक श्रीलंकाद्वारा नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत

एसीसी यु-१९ एसिया कपको पहिलो खेलमा आयोजक श्रीलंकाले नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो। श्रीलंकाको लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाए।

नेपालमा मोबाइल फोन कम्पनी खोल्ने तयारी

भारतको फास्टट्र्याक कम्युनिकेसन प्रालिले नेपालमा मोबाइल फोन सेट उत्पादन गर्ने कम्पनी खोल्ने तयारी सुरु गरेको छ। 'लेमोन' ब्रान्डका मोबाइल सेट उत्पादन गर्दै आएको उक्त कम्पनीले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिको साझेदारीमा उद्योग खोल्ने योजना बनाएको छ। प्रभु मोबाइल 'लेमोन' ब्रान्ड फोनको नेपालका लागि आधिकारिक वितरक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्