२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बेइजिङमा लुम्बिनी शान्ति बगैँचा

भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् र त्यो ठाउँ नेपालमा पर्छ भन्ने सन्देश पनि एकैपटक करोडौं चिनियाँमा पुग्नेछ।

लुम्बिनी विश्वविद्यालय : ‘अन्य विषय’ले उब्जाएका प्रश्न

‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ गत फागुन १ गते संसदमा दर्ता भयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दर्ता भएको उक्त विधेयक छलफलकै क्रममा छ।

लुम्बिनीमा पराजुली

लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले सुशीलराज पराजुलीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ।

‘लुम्बिनीलाई मन्त्री अधिकारीको अभाव खड्किरहनेछ’

पर्यटनमन्त्रीको पद सम्हालेपछि रवीन्द्र अधिकारी अनुगमन निरीक्षण तथा शिलान्यासका सन्दर्भमा ६ पटक भैरहवास्थित निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा आए। पछिल्लोपटक उनले माघ १ गते कार्गो भवनको शिलान्यास गर्दै आगामी भदौसम्म विमानस्थल निर्माण सम्पन्न गर्ने र असोजदेखि सञ्चालनमा ल्याउने स्पष्ट योजना सुनाएका थिए। आयोजनालाई निर्माण सामग्री अभाव हुँदा पनि उनले सम्बन्धित निकायसँग आफैं कुराकानी गरे। अनुगमन निरीक्षणका क्रममा मात्रै होइन, अन्य समयमा पनि अधिकारीले फोनबाटै आयोजनाको काम गुणस्तरीय हुनुपर्नेमा जोड दिइरहन्थे।

लुम्बिनी विकास बैंकको सहयोग

लुम्बिनी विकास बैंक लिमिटेडले भरतपुर–८, चितवनस्थित माध्यमिक विद्यालय गौरीगन्जलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

लुम्बिनी दर्शन

शान्तिका दूत गौतम बुद्ध लुम्बिनीमा जन्मेको तथ्य घामझैं छर्लंग छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९९७ मै लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। त्यसैले ‘बुद्ध नेपालमा जन्मेका थिए’ भनेर अब तर्क–विर्तक गरिराख्नुको कुनै तुक छैन।

लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन सुरु

बुद्धजन्मस्थल लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन सुरु गरिएको छ। ११ सय ५५ बिगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनी बगैँचाभित्रका वनस्पति, रुख बिरुवा, जडीबुटी तथा जलचर, थलचर र किटपतङ्गको समेत अध्ययन सुरु भएको हो। लुम्बिनी विकास कोषले वनस्पति विज्ञहरुको सहभागितामा जैविक विविधता सम्बन्धी अध्ययन थालेको कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिए।

लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न ग्लोबल टेण्डर गरिँदै

लुम्बिनी विकास कोषले ३५ वर्षदेखि चर्चामा रहेको लुम्बिनी गुरुयोजना लाई तीव्रता दिन भन्दै लुम्बिनी विकास कोषले ग्लोबल टेण्डर आह्वान प्रक्रिया सुरु गरेको छ।

विद्यार्थी ठग्दै लुम्बिनी मेडिकल कलेज

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्यार्थीलाई ठगेको खुलासा भएको छ। चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएसका लागि शैक्षिक वर्ष २०७५/७६ का लागि उपत्यकाभित्रका मेडिकल कलेजले ३८ लाख ५० हजार र उपत्यकाबाहिरका मेडिकल कलेजले ४२ लाख ४५ हजारभन्दा बढी शुल्क लिन नपाउने मन्त्रिपरिषद्को निर्णयविपरीत चर्को शुल्क उठाएर उक्त कलेजले विद्यार्थीलाई ठगेको पाईएको हो।

पप्पुका कारण रोकियो हुलाकी राजमार्ग निर्माण,सिक्टामा धरौटी जफत

पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको निर्माण कार्य ठप्प भएको छ । नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ ।

दश महिनामा ११ लाखले गरे लुम्बिनी भ्रमण

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महिनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन्।

लुम्बिनी जनरल र महालक्ष्मी विकास बैंकबीच बैंकास्युरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्युरेन्स सम्झौता भएको छ।

लुम्बिनी क्याम्पसमा नेविसंघकाे तोडफोड

नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा तोडफोड गर्नुका साथै आगजनी गरेको छ । क्याम्पस प्रमुखले ११ जना शिक्षक तथा कर्मचारी भर्ना गरिगरेको आरोप लगाउँदै नेविसंघ क्याम्पस इकाइले तोडफोड तथा आगजनी गरेको हो ।

नेपालमा बंगलादेशी नजर

मैले सन् २००० मा पहिलोचोटी नेपाल भ्रमण गरेको हुँ । त्यो बेला म स्थलमार्ग हुँदै नेपाल आएको थिएँ। बंगलादेश–भारतको सिमावर्ती च्याङ्ग्राबन्दर प्रवेश गरेर रानीगन्ज हुँदै नेपालको काँकडभिट्टा प्रवेश गरेको थिएँ । त्यहाँबाट रात्रि बसमा काठमाडौं पुगेको सम्झना ताजै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्