५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुनकोशी नदिमा गाडी खस्यो, तीन जना बेपत्ता

गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को जीप सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,स्वास्थ्य मन्त्रीले बुझाइन राजीनामा

बुधबार बसेको जसपा प्रदेश समितिको वैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुधबार दिउँसो राजीनामा बुझाएकी हुन्।

कोशी नाम पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिहरूको माग

कोशी नाम पुनर्विचार गर्न नेपाली कांग्रेसका कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गरी कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले कोशी नाम पुनर्विचार गर्न माग गरेको हो।

शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार, २६ जनाविरुद्धको मुद्दा फिर्ताको तयारी

शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार भएपछि आन्दोलनका क्रममा जेठ १४ गते पक्राउ परेको २६ जना प्रदर्शनकारीलाई छाड्ने तयारी गरिएको छ।

कोशी नामाकरण विवाद: वार्तामार्फत समस्याको समाधान खोज्न माग

कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको सुरु दिनको बैठकमा सांसदहरूले कोशी नामाकरणमा असन्तुष्ट पक्षसँग वार्ताका लागि वार्ता समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

कोशी प्रदेशको बजेटअधिवेशन आज देखि

कोशी प्रदेशको बजेट अधिवेशन आज देखि सुरू हुँदैछ। गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि स्थागित भएको प्रदेशसभा वैठक आज देखि सुरू हुने भएको हो।

कोशीका १० जिल्लाको जनसंख्या घट्यो

कोशी प्रदेशका १४ जिल्ला मध्ये १० वटा जिल्लाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्याँक कार्यालय काठमाण्डौंले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरिय नतिजा सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ मा कोशी प्रदेशको १० जिल्लाको जनसंख्या अघिल्लो जनगणना २०६८को तुलनामा घटेको तथ्याँक सार्वजनिक गरेको हो।

सेनाका रावलले जिते विराट– वर्जु हाफ म्याराथनको उपाधि

विराट– वर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावलले जितेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले शनिबार आयोजना गरेको प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका हुन् ।

कोशी प्रदेशमा बजेटको आकार घट्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिकमा वर्ष ५ अर्ब रुपैयाँले घट्ने बताएका छन्।

यातायात कार्यालयमा प्रहरीको चेकजाँच: २२ जना पक्राउ

इटहरीको हलगढामा रहेको कोशी अञ्चल यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार प्रहरीले चेकजाँच गर्दा २२ जनालाई पक्राउ गरेको छ।

सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ। बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

डिम्याट नभर्दा तामाकोशी सेयरबाट दोलखाबासीले ३ अर्ब गुमाउदै

दोलखामा निर्माण भएको स्वदेशी लगानीको सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रबासीका लागी प्रदान गरेको सेयरलाई डिम्याट खातामा अभौतिकिकरण (स्थानान्तरण) नगर्दा आयोजनाको प्रभावित दोलखा जिल्लाबासीले करिब ३ अर्ब नाफा गुमाउने भएका छन्।

सहमतिमै प्रदेशको नाम ‘कोशी’ राखिएको हो: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको बताएका छन्।

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्