७ वैशाख २०८१ शुक्रबार
समाज

सुनकोशी नदिमा गाडी खस्यो, तीन जना बेपत्ता

क्याप्शन

मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोरमा गाडी सुनकोशी नदिमा खस्दा ३ जना बेपत्ता भएका छन्। गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को जीप सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।

गाडीमा रहेका ३ जना बेपत्ता भएका छन् भने गाडिका चालक पौडिएर निस्कन सफल भएको प्रहरीले जनाएको छ। गाडी नम्बर खुल्न बाकी रहेको र थप विवरण आउन बाकी रहेको एसपी सिलवालले जानकारी दिए।

प्रकाशित: १९ जेष्ठ २०८० ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App