८ वैशाख २०८१ शनिबार
राजनीति

कोशी नाम पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिहरूको माग

कोशी नाम पुनर्विचार गर्न नेपाली कांग्रेसका कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले माग गरेका छन् । बुधबार संयुक्त  विज्ञप्ति सार्वजनिक गरी कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले कोशी नाम पुनर्विचार गर्न  माग गरेको हो।  

प्रदेशको नाम कोशी राखिएको प्रति प्रदेशका जनताले असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको र पहिचानवादी आन्दोलनकारी जनाताले कोशी नाम हटाउन माग गरेको प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ‘नेपाली कांग्रेसले मात्रै संघीयताको मर्म र भावनालाई आतमसाथ गर्दै गल्ती कमी कमजोरी सच्याउन साहस गर्नसक्ने भएकाले कोशी नाममा पुनर्विचार गर्न पार्टी नेतृत्व र प्रदेशसभालाई  विशेष आग्रह गर्दछौं ’  विज्ञप्तिमा भनिएको छ। कांग्रेसका सभापतिहरूले बिरोधका कार्यक्रमहरू संयमित रुपमा शान्तिपूर्ण तरिकाले आयोजना गर्न पनि पहिचान पक्षधर आन्दोलनकारीहरूलाई आग्रह गरेको छ। 

प्रकाशित: १७ जेष्ठ २०८० ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App