१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अर्थ

चैते धान खेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

फाइल तस्बिर

कृषि विकास कार्यालयले चैते धान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशतसम्म अनुदान प्रदान गरेको छ।

किसानले चैते धान लगाउन छाडेपछि यसको संरक्षणका लागि व्यावसायिक चैते धान खेती प्रवर्द्धनमा जोड दिइएको उक्त कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले बताए।

उनले भने, 'अनुदान पाएपछि किसानले उत्साहित भएर चैत धान रोपेका छन्। चैते धानको बीउसँगै सिँचाइको व्यवस्था नभएका स्थानमा कुलो खन्नसमेत अनुदान दिइएको छ।'

यो वर्ष तीन हजार ८०० रोपनीमा चैते धान खेती गरिएको छ। व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा व्यावसायिक रूपमा चैते धान खेती भएको छ। रासस

प्रकाशित: १८ वैशाख २०८३ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App