९ आश्विन २०८१ बुधबार
image/svg+xml

छिटो आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेको हुँ: दाहाल

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन्।

अध्यक्ष ओलीलाई दाहालको प्रश्न: फेरि संविधान मिच्न बहुमत चाहियो?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताए।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए।

एक-एक भोट खेर जान नपाओस्, जित्ने भन्दापनि रेकर्ड बनाउने कुरा छ: प्रचण्ड

शुक्रवार गोरखामा आयोजित कार्यक्रममा गोरखा २ का उम्मेदवार दाहाल।

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी: दाहाल

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उहाँले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे। 'म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो', अध्यक्ष दाहालले भने, 'यो पार्टी पुनःनिर्माणको अभियान पनि हो।'

माओवादीको संकल्पः बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने लक्ष्य राखिएको छ।

मुलुकको आर्थिक विकासका लागि ठूलै धक्का दिनुपर्छः दाहाल

'हामीले अब १०/१५ वर्षमा जे अनुभव गरियो। विकासमा भएजस्तो पनि भएको छ, छैन जस्तो पनि भएको छ। त्यो स्थितिको अन्त्य अब सामान्य रुपले हुँदैन। क्रमभंग गरेरै गर्नुपर्दछ। ठूलै धक्का दिएर गर्नुपर्छ भनेर भनिएको छ।’

म गोरखा आउनुमा राजेन्द्र बजगाईंको पनि भूमिका छ: अध्यक्ष दाहाल

शनिबार विभिन्न २३ ठाउँमा मतदाता भेट्ने कार्यक्रम तय भएको छ भने आइतबार २० ठाउँमा भेटघाट तय गरिएको छ। आइतबार साँझ भने दाहाल काठमाण्डौँ फर्कनेछन्।

गिरिजाप्रसाद कोइरालाले मलाई देशकाे नेतृत्व लिन आग्रह गरेका थिए: अध्यक्ष दाहाल

पाँच दलीय गठबन्धनको साझा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले जीवनको अन्तिम घडीमा कोइरालाले एक्लै बोलाएर आफूलाई देशको नेतृत्व लिन आग्रह गरेको बताए। उनले यो कुरा कांग्रेसले बुझ्न आवश्यक रहेको बताए।

गठबन्धनले चुनाव हारे सबैको हालत खराब: प्रचण्ड

शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा बोल्दै उनले गठबन्धनलाई जिताएर बहुमतको सरकार बनेमा अहिले टिकट नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताएका हुन्।

आगामी निर्वाचन सामान्य होइनः प्रचण्ड

अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे।

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ: प्रचण्ड

वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए।

रेकर्ड ब्रेकको रेसमा ‘प्रचण्ड’

गठबन्धन दलले गोरखामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले भने ‘बलियो हात दिएर पठाउनुभयो भने प्रतिगमन र प्रतिक्रान्तीलाई चिर्न सक्छ लुलो भयो भने गार्हो पर्छ।’ मलाई कति तागत दिनुहुन्छ भन्ने कुराले केन्द्रिय राजनीतिलाई अझै सहज बनाउन र केन्द्रिय स्तरबाट बिकास निर्माणलाई गती दिन सफलता मिल्ने उनले बताए। आफ्नो गोरखा आगमनलाई हल्का रुपमा नलिन उनले अनुरोध गरे।

राजनीतिमा स्थापित दाहाललाई २९ वर्षीय तन्नेरीको चुनौती

चितवन–३ बाट निर्वाचन उठ्ने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा गोरखा–२ रोजेपछि अहिले उक्त निर्वाचन क्षेत्र चर्चामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्