१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एक-एक भोट खेर जान नपाओस्, जित्ने भन्दापनि रेकर्ड बनाउने कुरा छ: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले आसन्न निर्वाचनमा एक एकभोट खेर जानदिन नहुने बताएका छन्। गोरखानगरपालिका १२ रानिटारमाशुक्रवार आयोजितमतदाता भेटघाट कार्यक्रममा उनले भने ‘जित्ने कुरा भन्दापनि रेकर्ड महत्वपूर्ण छ। ’यसकालागि एक एकभोट महत्वपूर्ण रहेको उनले बताए ।  

गोरखामा मुख्य प्रतिस्पर्धी भनेको कांग्रेस र माओवादी हो। उनीहरु मिलेपछि चुनाव जितिहालियो अब के मेहनत गर्नुपर्यो र भन्या जस्तो भन्ने तर्क आफुले सुनेको बताउँदै दाहालले अघि भने ‘यसरी सोच्नु सहीहुँदैन, देश र दुनियाँबाट गोरखाले रेकर्ड बनाउनुपर्छ, जनताले एउटा असाधारण अभिब्यक्ति यहाँबाट दिनुपर्छ।’ यसो भयो भने मात्र गोरखाबाट भनेजस्तो विकासको अभियानथाल्न सकिने उनले बताए। घर घरमा टोल टोलमा गएर यो कुरा जनतालाई बुझाउन आवस्यक रहेको उनले बताए।  

‘मतदान गर्ने तरिका, मतदान केन्द्र सम्म सुरक्षित मतदाता पुर्‍याउने, मतदानमा हुन सक्ने त्रुटी रोक्न पनि सबैले ध्यान दिनुपर्छ’ दाहालले भने। दाहालले पटक पटक एउटा नयाँ रेकर्ड प्रदर्शन गर्न कार्यकर्ता र मतदातालाई अपिल गरे । यसअघि चुनाव जितेको चितवनमा आफुले विकास ब्यापक गरेको बताउँदै उनले गोरखाका बाटोहरु कालोपत्रे गर्ने, यहाँपनि सुधारात्मक नभई गुणात्मक विकास गर्ने योजना रहेको उनले बताए।  

हरेक भेटघाटमा मतदातालाई दाहालले गोरखामा चुनाव जित्नमात्रै नआएको प्रष्टिकरण दिएका छन्। नेपालमा विकास र समृद्धीको मोडल गोरखाबाट तयार गर्न आफु आएको उनले बताए। गोरखकाली रबर उद्योग संचालन, बूढीगण्डकी आयोजनानिर्माण, बेनिघाट लार्के सडक निर्माण, पर्यटन प्रर्वद्धन लगायतकाकाममाआफ्नो प्राथमिकता रहने उनले बताए। जहाँ जान्छन् त्यहाँका स्थानीयको मुद्धामा रहेर उनले प्रतिवद्धता जनाउँदै हिँडेका छन्। शुक्रवार गोरखा नगरपालिका क्षेत्रमा मतदाता भेटघाट गर्न दाहाल गोरखा आएका हुन्।

प्रकाशित: १८ कार्तिक २०७९ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App