१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्छौं : सांसद गिरी

समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीका सांसद सरिता गिरीले सरकारले आफ्नो असफलता लुकाउन करको दायर बढाएको भन्दै फिर्ता लिन माग गरिन्।

प्रधानमन्त्री ज्यू ! जताबाट हेरे पनि यतीवादी देखिनुभयो

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले आफुमाथी उठेका प्रश्नहरुको प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु पर्ने बताएका छन्। संसदको विशेष समयमा बोल्दै थापाले भने, 'प्रधानमन्त्रीले गोकुल बास्कोटा प्रकरणको अडियो सुन्नु भएको दावी आएका छन्। उहाँले संसदमा आएर यसको उत्तर दिनु पर्छ। प्रधानमन्त्री डाँडा काँडा ताल लतैया हेरर बस्ने होइन संसदमा आउनु पर्छ। प्रश्नको सामाना गर्नुपर्छ। निम्छरो प्रश्न होइन सहि प्रश्नको उत्तर दिनुपर्छ।'

नेकपालाई सरिता गिरीको सुझाव : राजनीतिक दस्तावेजमै कमिसनलाई समेट्नुस्

सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडि बढ्न नसकेको आरोप लगाएकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन्।

शेखर कोइरालाको प्रश्न : संसद बैठक चल्न दिने निर्णय किन भयो ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले गोकुल बास्कोटा प्रकरणमा नेपाली कांग्रेसले गरेको संसद अवरोध फुकुवा गर्ने निर्णयको बिरोध गरेका छन्।

योजनाको भुक्तानी नहुँदा डेढ महिनादेखि संसद अवरुद्ध

प्रदेश २ को विभिन्न मन्त्रालयबाट वितरण भएका ८ सय ४२ योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिले दुःख पाएको भन्दै सत्ता र प्रतिपक्षका सांसदले पुषदेखि संसद अवरुद्ध पर्दै आएका छन्।

पदमा आकर्षण, बैठकप्रति विकर्षण

संघीय संसद् गठन भएको दुई वर्ष पुग्न लागेको छ। २०७४ फागुन २१ गते संघीय संसदको पहिलो अधिवेशन बसेको थियो। नेकपासँग समाजवादी पार्टी पनि सरकारमा आएपछि दुईतिहाइ बहुमत प्राप्त सरकार समाजवादी पार्टीले सरकार छाडे पनि दुईतिहाइ नजिक छ।

‘जनयुद्ध दिवस’ मनाउन संसद स्थगित

कर्णाली प्रदेशसभाको बिहीबारका लागि तय गरिएको संसद बैठक स्थगित भएको छ। नेकपाका सांसद ‘जनयुद्ध दिवस’का कार्यक्रममा सहभागी हुने भएपछि संसद बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो।

कांग्रेसको अवरोधपछि तेस्रो दिन पनि संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक तेस्रो दिन पनि अवरोध गरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाएको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरोध गरेका थिए।

कांग्रेसले संसद् र सडक ततायो

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियारलाई बालुवाटारमा राखेर भ्रातृ संगठनजस्तो बनाउन आग्रह गरे। आफूहरू विजयकुमार गच्छदारलाई बचाउन नआएको उल्लेख गर्दै उनले भने, ‘मन्त्रिपरिषद्मा निर्णय गर्ने पूर्वप्रधानमन्त्री माधव नेपाल र मुख्यसचिव लीलामणि पौडललाई कारबाही किन नहुने ? जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरालाई कारबाही किन नहुने ?’

गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्‍यो संसद अवरोध, बैठक स्थगित

सभामुख अग्नि सापाकोटाले काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सभामुख शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका छन्।

हिउँदे अधिवेशनमा कानुन निर्माणले गति लिँदै

संसद्को हिउँदे अधिवेशन सुरु भएको दुई महिना बित्न लागेको छ। तर, प्रतिनिधिसभामा सभामुख नहुँदा लामो समय कानुन निर्माण कार्य अघि बढ्न सकेको थिएन। गत पुस ४ गते संसद्को अधिवेशन आह्वान भयो।

डबल स्ट्यान्डर्ड राख्दिन : सभामुख सापकोटा

सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको बताएका छन्। बिहीबार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताए।

न्यायाधीश नियुक्तिको प्रतिशत

न्याय परिषद्, संसदीय सुनुवाइ, राजनीतिक प्रतिनिधित्व र संवैधानिक परिषद्लाई तत्काल खारेज गरी स्वतन्त्र न्यायपालिका बचाउन सबैको सत्प्रयास अति अपेक्षित छ।

संसदमा महिला आवाज

संसदमा महिला सांसदको उपस्थिति बढ्दो छ । समिति सभापतिमा महिलाको सहभागिता यसपालि बढी छ । तर प्रतिनिधिसभा र राष्ट्रियसभाका सभा बैठक वा समिति बैठकमा महिलाका समस्याका विषयमा महिला सांसदले उल्लेख्य रुपमा आवाज उठाएको पाइँदैन ।

अग्नि सापकोटाका उकाली ओराली : स्कुलदेखि सभामुखको कुर्सीसम्म

लामो समय शिक्षण पेशामा विताएका अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएका छन्। उनका विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि आइतबारको संसद बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध सभामुख चयन भएको घोषणा गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्