१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अग्नि सापकोटा बने सभामुख

अग्निप्रसाद सापकोटा नयाँ सभामुखमा निर्वाचित भएका छन्। रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध भएका हुन्। संसद बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका थिए।

सभामुखको निर्वाचन हुँदै (LIVE)

प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज हुँदैछ। सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

संसदीय समितिको निर्देशन लत्याएर दरबन्दी थप्दै सरकार

केन्द्रमा निजामती कर्मचारीको दरबन्दी घटाउन संसद्को राज्य व्यवस्था समितिले दिएको निर्देशनलाई सरकारले उल्टाएको छ। निर्देशनविपरीत सरकारले अर्थ र गृह मन्त्रालयमा कर्मचारी दरबन्दी बढाउने निर्णय गरेको छ।

संसद्को गरिमा उच्च बनाउँछु : सापकोटा

प्रतिनिधि सभाको सभामुखमा प्रस्तावित नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले निर्वाचनपछि सभामुखको रूपमा आफ्नो कार्यकालमा संसद्को गरिमा उच्च बनाउने प्रतिबद्धता जनाएका छन्।

संसदको गरिमा उच्च बनाउँछु : अग्निप्रसाद सापकोटा

प्रतिनिधिसमाको सभामुखमा प्रस्तावित नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले निर्वाचनपछि सभामुखको रुपमा आफ्नो कार्यकालमा संसदको गरिमा उच्च बनाउने प्रतिबद्धता जनाएका छन्।

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ।

संसद–गतिरोध तथा संविधान संशोधन सम्बन्धमा

संघीय संसदको प्रतिनिधि सभामा नयाँ सभामुखको निर्वाचनलाई लिएर गतिरोध उत्पन्न भएको छ। यसैबीचमा संविधानको मर्म विपरीत हुनेगरी अनिर्वाचित व्यक्तिलाई देशको कार्यकारी बन्ने बाटो खोल्न राजनीतिक वृत्तले संविधान संशोधनसमेत चर्चामा ल्याएको छ।

काँग्रेस संसदीय दलको बैठक शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। काँग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

संसद गतिरोधको कारक उपसभामुख : नेता गजुरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताएका छन्।

‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्.. सिको गर्दै गाउँपालिका बैठक

संघीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ। सोमबार दिउँसो २ बज्न लागेको थियो।

संसदीय समितिको निर्देशन सरकारले पालना नगरेको भन्दै स्पष्टिकरण लिन माग

राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टिकरण लिन माग गरेका छन्। विभिन्न चरणमा बजार अनुगमनपछि राष्ट्रियसभा अन्तर्गतले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसदहरुले यस्तो माग गरेका हुन्।

अनर्थ हुन लाग्यो !

संसदीय समितिका बैठकमा त न्यून उपस्थिति सामान्य भइसक्यो। हुँदाहुँदा अब त संघीय संसद् पनि आलंकारिकतातिर जान लागेको संकेत देखापर्न थालेका छन्।

नेकपा संसदीय दलको निर्णयः नाम बागमती र राजधानी हेटौडा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ। शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

सडकको गुणस्तरमाथि संसदको प्रश्न

दिक्तेल–खानीडाँडा–आहाले’ सडकको गुणस्तरमा संसदहरुले प्रश्न उठाएका छन्। सडक अनुगमन गर्दै उनीहरुले भ्रष्टचार गरेको आशंका समेत व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्