१२ मंसिर २०८१ बुधबार
image/svg+xml

संसद बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ। शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो। संघीय संसद सचिवालले प्रतिनिधिसभाको बैठक विशेष कारणबस बस्न नसक्ने भएकोले पुस १६ गते १ बजे सम्मका लागि स्थगित भएको व्यहोराको सूचना टाँसेको छ।

सूचनाको हकसँग बाझिएका कानुन संशोधन गर्न सरकारलाई निर्देशन

संसदको विकास तथा प्रविधि समितिले सूचनाको हकसँग बाझिएका कानुनहरु संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ।

२७ विधेयकमाथि कारवाही सुरु

सङ्घीय संसद्अन्तर्गत शुक्रबार सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनमा विभिन्न २७ विधेयकमाथि कारवाही हुने भएको छ।

'सत्तापक्ष र विपक्षीबीच सहकार्य आश्चर्य होइन'

राष्ट्रियसभा सदस्य वृखेषचन्द्र लालले विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु कुनै आश्चर्य नभएको बताएका छन्। राष्ट्रियसभाको पाँचौ अधिवेशनमा बोल्दै उनले निर्वाचन र पार्टीको एजेण्डा फरक कुरा भएकाले राम्रो कुराका लागि सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु कुनै आश्चर्यको कुरा नभएको बताए।

संसद अधिवेशन सुरु

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबारदेखि सुरु भएको छ।

सभामुख निर्वाचनको मिति नतोकिने

संसद्को उपल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार(आज)बाट सुरु हुँदैछ।

एमसीसी संसदबाट पारित हुन्छ : सञ्चारमन्त्री बास्कोटा

सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ।

'पदमा बसिसकेपछि नुनको सोझो भन्दा पनि देशका लागि काम गर्नुपर्छ'

शनिबार १३ औं संसद सेवा दिवस मनाइएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरि सेवा दिवस मनाइएको हो। दिवसका अवसरमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीय सचिवालयका कर्मचारीहरुलाई आफुले पाएको जिम्मेवारी देशलाई केन्द्रमा राखेर गर्न आग्रह गरे।

सीमा अतिक्रमणमा संसदीय समितिको चासो

दुई समितिले मिचिएको सीमा समेटेर नयाँ नक्सा सर्वजनिक गर्न सरकारलाई निर्देशन दिइसकेका छन्।

मिचिएको नेपाली भूमी समेटेर तत्काल नक्सा जारी गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पयाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतको भूमी समेटेर तत्काल नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको समिति बैठकले लिम्पियाधुरा लिपुलेक र कालापानीमा रहेको भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारतसँग आवश्यक पहल गर्न पनि निर्देशन दिएको हो।

सोनिया गान्धीको नेतृत्वमा प्रदर्शन

भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसद्मा प्रदर्शन भएको छ। महाराष्ट्र राज्यमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन्। काँग्रेसका नेताहरुले ‘लोकतन्त्रको हत्या बन्द गर’ भनेर नारा लगाएका थिए।

कालोबजारी बढ्यो : संसदीय समिति

बजारमा अचाक्ली मूल्य वृद्धि भइरहेको बेला संसदीय समितिले बजारमा कालोबजारी बढेको निष्कर्ष निकालेको छ। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा आइतबार बसेको बैठकले कालोबजारी बढेको कारण उपभोक्ता ठगिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्