७ आश्विन २०८१ सोमबार
image/svg+xml

अगाडि धकेल्दा धकेलिने नेताले पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्छ: भीम रावल

उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले आफूले भन्दा पहिला दुई वटा दल निर्वाचन आयोगमा दर्ता गराएको समेत खुलाए। तीनै नेताहरु अहिले एमालेमै बसेको भन्दै उनले ओली सुध्रिएका हुन् भनेर प्रश्न गरेका थिए।

पार्टी बचाउन माधवलाई बिसौं पटक फोन गरेँ, जहाँ बोलाए त्यही पुगेँः ओली

‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ। बुझाउन खोज्यौं। मैले बिसौ पटक फोन गरेँ। जहाँ-जहाँ भन्यो त्यहीँ धाएर भेटेँ। नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन। एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन। अर्को टुसो आउँछ।’

प्रदेश २ मा जसपा र नेकपा (एस) बलिया

तत्कालीन जसपाका ५५ सांसदमध्ये ४० जना उपेन्द्र यादव नेतृत्वको जसपामा खुलेका छन् । यसैगरी एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा (एस)का पक्षमा देखिएका छन् ।

मेरो नेतृत्वको सरकारले राति संसद् अन्त्य गरेर बिहान अध्यादेश ल्याएको थिएन: ओली

'मेरो नेतृत्वको सरकारले राति संसद् अन्त्य गरेर बिहान अध्यादेश ल्याएको थिएन' उनले भने, 'अध्यादेश ल्याउन विधि चाहिन्छ। उस्तै मनसाय पनि होइन। त्यसबेला कुनै पार्टी विशेष फुटाउन ल्याइएको थिएन। अहिले माधव नेपालसँग जति सांसद छन् त्यति भए पुग्ने भनेर कानुनमा व्यवस्था गरेको भए हुन्थ्यो नि।'

एमालेमा पुरानै कमिटी ब्युँतिए

एमाले स्थायी कमिटी बैठकले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतलाई एमालेमै फर्कन आग्रह गरेको छ । यसअघि भएका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै बैठकले पुरानै जिम्मेवारी दिने निर्णयसहित यस्तो आग्रह गरेको हो।

एमाले स्थायी कमिटी बैठक सुरु, पूर्व माओवादी नेताहरू पनि सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरू भएको हो।

तयारी नपुगेको भन्दै एमालेले सार्‍यो स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी समिति बैठक मंगलबार ३ बजे सम्मकालागि पर सारिएको छ। मंगलबार ११ बजेका लागि तय भएको बैठक चार घण्टा पर सारीएको हो।

एमाले अध्यक्ष ओली र भाजपा नेताबीच भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

एमाले विभाजन प्रक्रिया: पुरानै कमिटीका आधारमा सनाखत

निर्वाचन आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएपछि पार्टी विभाजन प्रक्रियामा रहेका नेपाललाई फाइदा हुने भएको छ। एमाले अध्यक्ष ओलीले गत साता २०३ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर २६० सदस्यीय पुर्‍याई अद्यावधिक गर्न आयोगमा विवरण पठाएका थिए।

वामदेवले भने: म एमालेमै छु, समाजवादीमा मेरो तस्बिर किन राखियो

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको तस्बिर राखेर शनिवारदेखि समाजिक सञ्जालमा प्रचार गरिएको थियो।

एमाले फुटको असर : प्रदेश १ को सरकार संकटमा

नेकपा एमाले फुटेसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ । तर, पार्टी फुटेसँगै शेरधन राई नेतृत्वको सरकार संकटमा परेको हो ।

मुख्यमन्त्री शाक्यलाई चुनौती नै चुनौती

पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहोराले पाइन्। यो एमाले कार्यकर्ता, महिलावादी अनि सबै नेपालीका लागि खुसीको कुरा हो।

दुई दिनमै फेरियो नेपाल र ठाकुरका दलको नाम

नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका दुवै दलका नेताले शुक्रबार फेरि नाम परिवर्तन गरेका छन्।

एकताका पक्षमा दबाब दिने नै दबाबमा

नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका छन्। तर, एमालेको नवौं महाधिवेशनदेखि नेपाललाई साथ दिँदै आएका प्रभावशाली नेताहरूले नयाँ दल दर्ता प्रक्रियामा भने उनलाई साथ दिएका छैनन्।

ओली शैलीमा पौडेलको बिदाई

नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटारबाट बालकोट जाँदाको झल्को दिनेगरी पौडेल घर पुगेका थिए। मुख्यमन्त्री निवासमा भेला भएका कार्यकर्ताले ‘डीएम बा आई लभ यू, डीएम सर उई लभ यू, हाम्रो नेता कस्तो होस् डीएम सर जस्तो होस्, पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लगायतका नारा लगाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्