७ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल नेतृत्वमा एमाले समाजवादी

नेता नेपालले नयाँ पार्टी खोल्न केपी ओलीले अंगीकार गरेको नीति, सिद्धान्त र विचारले बाध्य बनाएको बताएका छन्।

अध्यादेश कम्युनिष्ट पार्टीलाई फुटाउन ल्याईएको हो: नेता रायमाझी

बुधबार आयोजित ‘कम्युनिष्टहरुबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको दावी गरेका हुन्।

नयाँ दल दर्ता गर्ने निर्णयसँगै अन्ततः एमाले फुट्यो

नेकपा एमाले अन्ततः विभाजन भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल बनाउने निर्णय सँगै एमाले विभाजित भएकाे हाे।

ओलीको कारबाही कार्यान्वयन नगर्न भन्दै माधव पक्षीय सांसद संसद् सचिवालयमा

नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल पक्षले संसद् सचिवालयलाई पत्र लेखेका हुन्।

अध्यादेश गलत अभ्यासको निरन्तरता

सरकारले अध्यादेश सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि पूर्ववर्ती केपी शर्मा ओली सरकारका गलत कामलाई निरन्तरता दिने बाटोमा लागेको टिप्पणी भएको छ। संसद् अधिवेशन अन्त्य भएको २४ घन्टा नहुँदै ल्याइएको यो अध्यादेश सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई महिनाअघि दिएको आदेशविपरीत छ।

एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल

ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्।

दल विभाजन सम्बन्धी विधेयकविरुद्ध युवा संघको विरोध प्रदर्शन

युवासंघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी दलाल शेरबहादुर देउवा मुर्दावाद जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रपतिले अध्यादेश जारी गर्नु हुन्नः अग्नी खरेल

पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले भने, ‘दल नै विभााजन गर्ने जस्तो काम यस अघि हुँदा खेरी त राष्ट्रपतिमाथि प्रश्न उठाइएको थियो नि, सार्वजनिक रुपमा। जव सार्वजनिक रुपमा त्यो प्रश्न उठाइएको थियो भने अव केपी शर्मा ओली हुँदाखेरी चाँही जे पनि गर्ने, अहिले आएपछि चाँही हुँदैन भन्ने आधारमा राष्ट्रपति चल्नु हुन्छ जस्तो मलाई लाग्दैन।'

ओली अहिले अहंकारको घोडामा सवार हुनुहुन्छ, सुध्रिए चुनावमा तालमेल गरौलाः माधव नेपाल

'हामीले पार्टी एकताको पक्षमा उभिँदा ओलीले एकताको ढोका बन्द गरे', नेपालले भने, 'अब ओली भविष्यमा सुध्रिए भने चुनावमा तालमेल गरौँला।'

एमालेले गर्‍यो माधव नेपालसहित १४ सांसदलाई कारबाही (नामावलीसहित)

नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ। उनिहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ ।

केपी ओलीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ: नेपाल पक्ष

उनीहरुले केपी ओलीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा भएको बताउँदै तत्काल निर्णय फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएका छन्।

अध्यादेश आशंकाले एमालेमा तरंग

एमालेको ओली पक्षले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सरकारले अधिवेशन टुंग्याएको आशंका गरेको छ।

‘एकताका ढोका बन्द भए पार्टी पुनर्गठन’

उनले पार्टीमा एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे। उनले एकताका लागि सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने पनि बताए। वरिष्ठ नेता नेपालले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरू तयार रहेको बताए। ‘एकता हाम्रो चाहना हो, इच्छा हो।

पार्टीलाई दबाब दिन एमाले महासचिव पोखरेलको निर्देशन

महासचिव पोखरेलले युवा पुस्तालाई पार्टीभित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरुलाई दबाब दिन पनि सुरु गर्न निर्देशन समेत दिए।

एमालेको सरकारले दुई तिहाइ जनमतको कदर गर्न सकेनः खिमलाल देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेकपा एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मान मर्दन गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्