२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हिरासतमै आत्महत्या, छानबिन गर्न समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्रै आइतबार बिहान एक थुनुवाले आत्महत्या गरेपछि पाँच घन्टासम्म इनरुवा तथा आसपासको क्षेत्र तनावग्रस्त बन्यो।

आगामी महाधिवेशनमा पनि पार्टी अध्यक्षमा ओली: महासचिव पोखरेल

महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन्।

काठमाडौं–रक्सौल रेलमार्गः फाइनल लोकेसन सर्वे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं–रक्सौल रेलमार्गको औसत दुरी १ सय ३६ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएको छ। प्रस्तावित यो रेलमार्ग वीरगञ्जको सुक्खा बन्दरगाहबाट सुरु भई जितपुर, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, चण्डीका पुल, सिस्नेखोला हुँदै चोभारमा आएर टुंगिनेछ।

नागरिक लगानी कोषको भवन हस्तान्तरण

सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टिरहेको कोषको ६रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए।

एमाले विधान महाधिवेशन: आज तीन प्रतिवेदनमाथि समूहगत छलफल हुने

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ।

वीरगन्ज सुक्खा बन्दरगाहमा जामः यसरी अड्किए १५ सय खाली कन्टेनर

कोरोना कालमा भएको बन्दाबन्दीका कारण खाली कन्टेनरको यहाँ जाम हुन पुगेको बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्टले जनाएको छ। सुक्खा बन्दरगाहमा जाम भएर बसेका खाली कन्टेनर फिर्ता पठाउन सवा करोड भारतीय रूपैयाँ अर्थात् नेपाली २ करोड खर्च हुने देखिन्छ । खाली कन्टेनर फिर्ता पठाउन नसकेर त्यसबाट भएको जामले गर्दा असहजता भएको व्यापारी बताउँछन्।

‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा अतिक्रमित

तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ। रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो। विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ स्थापित भएको थियो।

घरेलु हिंसाको विषयमा 'अञ्जली'

बालबालिका अपहरणको विषयमा निर्माणाधीन फिल्म ‘अञ्जली’ को हाल राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको छ।

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

रियालबाट एसेन्सियोको ह्याट्रिक

मार्को एसेन्सियोले रियाल मड्रिडका लागि पहिलो ह्याट्रिक पूरा गरेको दिन बुधबार ला लिगामा मालोर्कामाथि ६–१ को सानदार जित निकालेको छ।

एट्लेटिकोको जितमा स्वारेज नायक

जितका साथ एट्लेटिको मड्रिड चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई उछिन्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ। यद्यपि रियालले एक खेल कम खेलेको छ।

मुख्यमन्त्रीद्वयको गुनासोः संघीय सरकारको असहयोगले कामै गर्न सकिएन

संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको दुखेको मुख्यमन्त्रीहरुले पोखेका छन । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट असहयोग भएको गुनासो पोखे ।

नागरिक उड्डयन निमित्तको भरमा

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आफ्नो पदावधि समाप्त हुनुभन्दा दुई दिनअघि राजीनामा गरेका छन्। नियामक निकायमा तत्काल नियुक्ति हुन नसक्दा तीन महिनामात्र पदावधि बाँकी रहेका राजकुमार क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी पाएका छन्।

कहाँ हरायो शंकर पोखरेलविरुद्धको 'अपहरण' मुद्दा?

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध रुपन्देही प्रहरीमा परेको ‘अपहरण तथा शरिर बन्धक’ सम्बन्धी मुद्दा गायब भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पोखरेलसहित चारजनाविरुद्ध परेको मुद्दा गायब बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्