१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नागरिक लगानी कोषको भवन हस्तान्तरण

सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ। कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए।

लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रूपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा/रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो। शर्मा/रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका छन्।

प्रकाशित: १८ आश्विन २०७८ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App