८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

आगामी महाधिवेशनमा पनि पार्टी अध्यक्षमा ओली: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन्। महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन्। 

वडा दशैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर आईतबार सञ्चारकर्मीसँग आयोजना गर्नु भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन दलले नेतृत्व गरेको अर्को ध्रुवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको सो पोललाई बलियो बनाउन जरुरी रहेको तर्क समेत गरे।

महासचिव पोखरेलले आफूले अव पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा समेत गरे। विधानमा पनि २ पटक भन्दाबढि एउटै पदमा उठन नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उनको भनाई थियो।

महासचिव पोखरेलले आफूलगायतका पार्टीको लिडिङ रोलमा रहेका नेताहरु इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले पार्टी नेतृत्वका लागि स्वभाविक दावेदार भएको पनि दोहोर्‍याए। महासचिव पोखरेलले आगामी मंसीरको दोस्रो साता पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताए। 

उनले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको स्पष्ट पारे। तर त्यसका लागि काँग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा भने आफूहरु नरहेको महासचिव पोखरेलको दावी थियो। महासचिव पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिए। अदालत संविधान अनुरुप नहिँडेको दावी गर्दै उनले आपत्ति समेत जनाए। महासचिव पोखरेलले आफ्नो पार्टीले देश र जनताको पक्षमा काम गर्न सरकारलाई निरन्तर दवाव दिईरहने प्रतिवद्धता समेत व्यक्त गरे। 

प्रकाशित: २४ आश्विन २०७८ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App