२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लुम्बिनी प्रदेशः स्थायी राजधानीमा किन सरेनन् मन्त्रालय?

‘स्थायी राजधानीमा मन्त्रालय सार्ने सम्भावनै छैन, जबसम्म स्थायी संरचना बन्दैनन्, तबसम्म मन्त्रालय सर्दैनन्।’

पोखरेलको ‘रकेट यात्रा’मा पूर्णविराम !

आइजिपी नियुक्तिमा असन्तुष्ट बन्दै अदालतको ढोका ढक्ढकाउन पुगेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णय सदर गरेको हो।

'चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता'

एशियामा शक्ति राष्ट्रहरुको हस्तक्षेपहरु बढिरहेको र त्यसको बाछिट्टा नेपालमार्फत चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार।

बथनाहा–विराटनगर रेल सञ्चालनको तयारी

भारतको वथनाहादेखि विराटनगरको बुधनगरसम्म रेल सञ्चालनको तयारी थालिएको छ। भारतको वथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी) सम्म दशैंअघि नै रेल सञ्चालनमा ल्याउने तयारी थालिएको हो।

दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था गर्नुपर्छ: सांसद पोखरेल

नेकपा(माओवादी केन्द्र)कि सांसद विना पोखरेलले दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने बताएकी छिन्।

अस्ट्रेलियाविरुद्ध श्रीलंकाको अग्रता

पूर्वकप्तान दिनेश चान्डिमलको सतकप्रेरित श्रीलंकाले आइतबार अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ६७ रनको अग्रता लिएको छ।

न्युजिल्याण्ड र अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा ट्रान्स-टास्मान सम्बन्धमा जोड

'ट्रान्स-टास्मान म्युचुअल रिकग्निसन एरेन्जमेन्ट' (टीटीएमआरए) न्युजिल्याण्ड र अष्ट्रेलियाको राष्ट्रमण्डल, राज्य र क्षेत्रीय सरकारहरू बीचको गैर-सन्धि व्यवस्था हो।

'निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक'

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको आरोप लगाएका छन्। बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

आयोजक ऋत प्रि–क्वार्टर फाइनलमा

आयोजक ऋत एकेडेमी ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

विवाद मिलेपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु

बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सुरु भएको छ। सत्तारूढ दलहरूबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो।

नेपालीको रोजाइमा अस्ट्रेलिया किन?

जम्माजम्मी ३ करोड भन्दा कम जनसंख्या भएको हाम्रो मुलुक नेपाल २ करोड ५० लाख जनसंख्या भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका लागि तेस्रो स्रोत मुलुक हो भन्दा धेरैले नपत्याउन सक्छन्।

एमालेले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा

गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा (एमाले) ले मुख्यमन्त्रीको राजीनामा माग गरेको हो।

कपिलवस्तुका उद्यमीलाई प्रविधि हस्तान्तरण

लघु र साना उद्यमीको प्रवर्द्धनका लागि कपिलवस्तुका १८ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ। 'सुरक्षित समावेशी विद्युतीय कारोबार उपभोक्ताको अधिकार' भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालयले प्रविधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई विभिन्न मेशीनरी सामाग्री प्रदान गरिएका हो।

मदन भण्डारीको जन्मजयन्ती: साताव्यापी कार्यक्रम सुरु

जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ।

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्