१२ मंसिर २०८१ बुधबार
image/svg+xml

९८ वर्षमा गौरीमायालाई नागरिकता

नागरिकताको परिचय बनाउन नसक्दा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट बञ्चित बनेकी सुनापति गाउँपालिका–३ हिलेदेवीकी गौरीमाया नेपालीले ९८ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाएकी छिन्। नागरिकता पाएसँगै उनी निकै खुशी देखिन्थिन्।

नागरिकतासम्वन्धी मुद्दामा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले ब्यवस्थापिका संसद र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतको नाममा जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीले नागरिकता रोकेकोमा ‘कारण देखाउ’ आदेश जारी गरेको छ। जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीले नागरिकता नपाएको भन्दै सोबिरुद्ध सर्वोच्च अदालतमा बुधवार परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले शुक्रवार कारण देखाउ आदेश जारी गरेको हो।

९७ वर्षको उमेरमा नागरिकता

यहाँकी एक वृद्ध महिलाले ९७ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् । बाँफिकोट गाउँपालिका वडा नं. ८ की सर्केनी बुढाले ९७ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी हुन् ।

गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिका लागि कानुन निर्माण गर्न माग गर्दै गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन आइतबार फ्र्यांकफर्टमा सम्पन्न भएको छ। अगस्ट २९ र ३० दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न माग गरिएको छ।

हुम्लामा नागरिकता लिनेको भीड

जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् ।

तीन महिनामा दुई सयलाई अङ्गीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ।

१६ वर्षमा पूर्णिकालाई नागरिकता

जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी पूर्णिका शाहले सोमबार नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाएकी थिइन्। गत पुस १ बाट १६ वर्षमा प्रवेश गरेकी उनी नागरिकता लिन सहयोगीसहित बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौं गएकी थिइन्।

अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि

२०७३ असार मसान्तसम्म नेपालमा सबै किसिमको नागरिकता लिनेको कुल संख्या २ करोड ११ लाख ९९ हजार ८ सय ६९ भएको रेकर्ड राखेको छ। नेपालमा १५ वर्ष बसोबास गरेका आधारमा अहिलेसम्म ८ हजार ३ सय १७ विदेशी नागरिकले नेपालको अंगीकृत नागरिकता लिएका छन्।

सर्लाहीबाट बंशजको अधारमा नागरिकता लिने बंगलादेशी पक्राउ

जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट किर्ते गरी बंशज नागरिकता बनाएका बंगलादेशी नागरिक पक्राउ परेका छन्। सर्लाही, मधुवनगोठ–८का मो.रकुटुव हुसेनलाई बुवा बनाएर किर्ते गरी बंशजको अधारमा नागरिकता लिने बंगलादेशी नागरिक मो.बेलाल हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कार्यालय प्रमुख नहुँदा नागरिकता वितरण ठप्प

कार्यालय प्रमुख नहुँदा इलाका प्रशासन कार्यालय रामपुरबाट नागरिकता प्रमाणपत्र वितरण हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको छ ।  गत कात्तिक १६ गते कार्यालय प्रमुख किरणचन्द्र सुवेदी रामपुरबाट सरुवा भएपछि नागरिकता वितरण गर्ने कार्य रोकिएको हो ।

जन्मसिद्ध नागरिकता नपाउँदा सास्ती

मधेस-तराईमा जन्मका आधारमा नागरिकता पाएका आमाबाबुका छोराछोरीले नागरिकता पाउन नसक्दा सास्ती भोग्नुपरेको छ। मधेसका विभिन्न जिल्लाका पचास हजारभन्दा बढी यस्ता व्यक्तिले नागरिकता पाउन नसकेको त्यहाँका सांसदहरू बताउँछन्।

बिहे गरेर भारत गए नागरिकता पाउन ७ वर्ष, नेपालमा तत्कालै

संसद सचिवालयमा दर्ता संविधान संशोधन प्रस्ताव पारित भए नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता नत्यागी नेपालको अंगीकृत नागरिकता पाउनेछन्। वर्तमान संविधानको नागरिकतासम्बन्धी व्यवस्था रहेको धारा ११ को उपधारा ६ माथिको संशोधन प्रस्तावले यो व्यवस्था ल्याएको हो।

मधेस आन्दोलनका बेला थुप्रै भारतीयलाई नागरिकता

पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविरमार्फत पश्चिम कुसाहाबाट नागरिकता लिने मजलम मन्सुरीको अनुसन्धान भइरहेको छ । भारतीय नागरिक उनले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा अनुसन्धान भइरहेको हो । उनीविरुद्ध सप्तरी मधुवापुर– ६ का सदिक मियाँले किटानी जाहेरी दिएका छन् । मन्सुरीलाई पनि तत्कालीन माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख अधिकृत उराव नेतृत्व टोलीले नै नागरिकता दिएको थियो ।

नागरिकतामा 'अन्तरिमकै चाहियो'

मधेसवादी दलले विवादित विषय नागरिकताका सम्बन्धमा अन्तरिम संविधानकै प्रावधान संशोधन प्रस्तावमा समेट्न सरकारलाई दबाब दिएका छन्। संशोधन अन्तरिम संविधानअनुरुप नभए अस्वीकार गर्ने उनीहरूको अडान छ।

ससुराली र धनको आडमा लिन्छन् नागरिकता

असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान– ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान– ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलायो। मुद्दाको फाइलसहित आरोपित रहमानलाई बयानका लागि सरकारी वकिल कार्यालय सिरहा लगियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्