६ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णाली राजमार्गमा चट्टाने पहिरो, २ दिनदेखि यातायात ठप्प

कालिकोट– कर्णाली राजमार्गमा पर्ने कालिकोटको सदरमुकाम नजिकै चट्टाने पहिरो खसेको छ। पहिरो खसेपछि कर्णाली राजमार्गमा संचालित यातायातको आवागमनमा समस्या उत्पन्न भएको छ। सडकनै अबरुद्ध हुने गरी आइतबार खसेको पहिरो अझै हटाउन सकिएको छैन ।

राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डको खल्लागाडमा सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। सुर्खेतबाट जुम्ला आउँदै गरेको ट्रक बीच सडकमै बिग्रिएपछि कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको हो। जुविथा गाविस–३ खल्लागाडमा पुल निर्माणको काम बीचमा छोडेर ठेकेदार भागेपछि सो खण्डमा निकै समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

पृथ्वीराजमार्गबाट ट्रक खस्दा ३ घाइते

चितवन– दारेचोक गाउँ विकास समिति वडा नं ४ स्थित पृथ्वी राजमार्गबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक शुक्रबार खोलामा खस्दा चालकसहित तीन जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार वीरगन्जबाट फलामको एङ्गल र काँडेतार लिएर जाँदै गरेको ना५ख ७८९८ नंको ट्रक बिहान १० बजे राजमार्गबाट ६० मिटर तल नाग्दी खोलामा खसेको हो।

मेची राजमार्ग १४ घण्टा अवरुद्ध भई एकतर्फी खुल्यो

पाँचथर– निरन्तरको वर्षाका कारण पहिरो खसेर मेची राजमार्गको पाँचथर खण्ड १४ घण्टा अवरुद्ध भई खुलेको छ। पहिरोसँगै ठुला ढुंगा झरेपछि मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिकाको कृष्ण मन्दिर छेउमा १४ घण्टा अवरोध भएको थियो।

पहिरोले कोसी राजमार्ग पुरियो

धनकुटाको खुरिलामा गएको पहिरोले कोसी राजमार्ग पुरिएको छ । लगातार बर्षा भएपछि सोमबार विहान पहिरो झरेको थियो । ठूलाठूला ढुंगा झरेको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

रंगेली–उर्लावारी राजमार्ग बगायो, सयौं परिवार बिस्थापित

बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। पूर्वी क्षेत्रको यात्राका लागि बैकल्पिक राजमार्गको रुपमा प्रयोग भइरहेको उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको छ।

रंगेली–उर्लावारी राजमार्ग बगायो

बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। पूर्वी क्षेत्रको यात्राका लागि वैकल्पिक राजमार्गको रुपमा प्रयोग भइरहेको उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको हो।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट- 'दुई दिन भईसक्यो पहिरो गएको अझै हटाउन सकिएको छैन। एसमोडमा अलपत्र परियो। न त बस्ने बास छ न त खाने गास छ। ठूलो दुःख पाइयो।'

राजमार्ग हो कि जलमार्ग !

अलि ठूलो पानी पर्न सुरु भएसँगै अरनिको राजमार्ग खण्डको भक्तपुरको जगाती क्षेत्र जलमार्ग हुने गरेको छ। पानी पर्न थालेसँगै सवैतिरका पानी राजमार्ग खण्डमा जम्मा हुन थालेसँगै राजमार्ग जलमार्ग हुने गरी डुव्ने गरेको छ। उचित निकासको अभाबमा यो समस्या भएको हो।

पृथ्वी राजमार्गको माैवा खोलामा पहिरो, सवारी साधनमा क्षति

पृथ्वी राजमार्गको मौवा खोलामा सोमबार बिहान छ बजे पहिरो खस्दा पाँचवटा गाडीमा क्षति पुगेको छ। एकजना चालक घाइते भएका छन्। चितवन र धादिङको सीमाना मौवा खोलामा गएको पहिरोले लगभग ९० मिटर लामो टहराहरुमा पनि क्षति पुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घटनास्थल मुग्लिन बजारदेखि १७ किलो मिटर पूर्व धादिङतर्फ दोरेचोक–९ मा पर्छ ।

कर्णाली राजमार्गको कान्तबिजोग

दैलेख— सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौं खहरे खोला पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्गका मुख्य बाधक बनेका छन् । दर्जनौं खहरे खोला राजमार्गतिर फर्किएपछि पिच बाटो नै तहसनहस बनाइदिन्छन् । ती खहरेमा पिसिसीबाहेक पुल निर्माण गरिएको छैन। त्यसमा पनि अझ पहिरो खस्ने उस्तै समस्या छ।

तीनसय घर डुवानमा,कोसी राजमार्ग एकतर्फी

लगातार परिरहेको बर्षाले पूर्वका चार जिल्ला मोरङ, सुनसरी, झापा र धनकुटामा आएको बाढी र पहिरोले जनजिवन प्रभावित बनेको छ। बाढीले मोरङ, सुनसरी र झापामा ३ सय भन्दा बढी घर डुवानमा परेको छ । धनकुटाको महाभारतमा ठाउँ–ठाउँमा गएको पहिरोले कोसी राजमार्ग अवरूद्ध भएको छ।

कर्णाली राजमार्गको दुरावस्था

दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्। बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्