६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

जुम्ला–कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डको खल्लागाडमा सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। सुर्खेतबाट जुम्ला आउँदै गरेको ट्रक बीच सडकमै बिग्रिएपछि कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको हो। जुविथा गाविस–३ खल्लागाडमा पुल निर्माणको काम बीचमा छोडेर ठेकेदार भागेपछि सो खण्डमा निकै समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

जिप्रका कालिकोटका प्रहरी हवलदार सूर्य बोहोराका अनुसार दर्जन बढी सवारी साधन खल्लागाडमा अलपत्र परेका छन्।  मिस्त्री नआउँदासम्म बिग्रेको गाडीलाई बनाएर साइड लगाउन सक्ने अवस्था नरहेको प्रहरी चौकी खल्लागाडले जनाएको छ ।  सडक अवरुद्ध हुँदा सुर्खेत नेपालगंजबाट चल्ने मालवहाक र यात्रु वहाक सवारी साधन थन्किएका छन्। यात्रु पैदल मात्रमार्फत गन्तव्यतर्फ गइरहेका छन्।

यसअघि पटक पटक खल्लागाडमा सडक बिग्रिँदा यात्रुले सास्ती खेप्दै आएका थिए। ‘दिनहु गाडी फस्ने निकाल्ने काम भइरहन्थ्यो,’ प्रहरी हवलदार बोहोराले भने,‘यो पटक स्टेयरिंग भाँचिएकोले मिस्त्री नआउँदासम्म केही गर्न सकिने अवस्था छैन।’  बिग्रिएका गाडीलाई व्यवस्थापन गर्न प्रहरी टोली खटाइएको छ।

अहिले जुम्लाबाट छुटेका लामो दूरीका सवारी कालिकोट र जुम्लाको सीमानामा थन्किएर बसेका छन्। भने सुर्खेत नेपालगंजबाट आएका सयौं गाडी कालिकोट बसपार्कमा थन्किएर बसेको व्यवसायीले बताएका छन्।  कर्णाली राजमार्गमा निर्माण हुन लागेका पुल समयमै बन्न नसक्दा यात्रुले निकै सास्ती बेहोर्नु परेको छ।  

 

प्रकाशित: १६ श्रावण २०७३ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App