६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

पृथ्वी राजमार्गको माैवा खोलामा पहिरो, सवारी साधनमा क्षति

मौवा खोलामा पहिरो जाँदा क्षतिग्रस्त भएको ट्रक । फोटो सौजन्य: मौवाखोलाका स्थानीय सन्तोष पौडेल ।

चितवन–    पृथ्वी राजमार्गको मौवा खोलामा सोमबार बिहान छ बजे पहिरो खस्दा पाँचवटा गाडीमा क्षति पुगेको छ। एकजना चालक घाइते भएका छन्। चितवन र धादिङको सीमाना मौवा खोलामा गएको पहिरोले लगभग ९० मिटर लामो टहराहरुमा पनि क्षति पुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घटनास्थल मुग्लिन बजारदेखि १७ किलो मिटर पूर्व धादिङतर्फ दोरेचोक–९ मा पर्छ ।

पहिरोमा परेर ना ५ ख ४११३ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ। सो ट्रकका चालक नवलपरासी मध्यविन्दु नगरपालिका–४ घर भएका २४ वर्षीय मोहन चौधरी घाइते भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ। त्यस्तै लु १ ख ८६१४ नम्बरको ट्रक र ना ४ ख ९०९१ नम्बरको तरकारी बोक्ने मिनी ट्रकपनि पहिरोमा आएको ढुंगाले लागेर क्षतिग्रस्त भएका छन्।

पहिरोले ना ५ ख ४८४५ नम्बरको यात्रु बसमा पनि सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रकहरु सोही ठाउँ रोकेर बसी रहेका थिए भने बस गुड्दै गरेको अवस्थामा पहिरोमा परेको थियो। पहिरोले गाडीहरुमा क्षति पुगे पनि यातायात आवागमनमा भने समस्या नपुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनको भनाइ छ ।

 

प्रकाशित: ३ श्रावण २०७३ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App