८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रदेश १ : 'सरकार बनाउन कांग्रेसले कसैलाई वचन दिएको छैन'

प्रदेश नं. १ मा नयाँ सरकार गठन गर्न छलफल अघि बढीरहेका बेला नेपाली कांग्रेसले अहिलेसम्म नेकपाको कुनै पनि पक्षलाईं वचन नदिएको प्रस्ट पारेको छ।

ओली देशको कार्यकारी प्रमुख हुनु नै दुर्भाग्य : नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्र विरोधी केपी शर्मा ओली देशको कार्यकारी प्रमुख हुनु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

निर्वाचन कि आन्दोलन, ढुलमुलमा कांग्रेस

सरकारले ‘असंवैधानिक तवरबाट’ पुस ५ गते संसद विघटन गरेको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ। देशभर दिनहुँ प्रदर्शनहरु भइरहेका छन्। एकाध बाहेक देशका सम्पूर्ण राजनीतिक दलहरु संसद विघटनविरूद्ध एक ठाउँमा उभिएका छन्।

कांग्रेसले संसद पुनःस्थापना भन्दा निर्वाचनमा जोड दिनुपर्छ : नेता महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि अब निर्वाचनको तयारी गर्नुपर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता महतले निर्वाचनका लागि दबाब दिनुपर्ने बताएका हुन्।

संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

नेपाली कांग्रेसको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेको छ। कांग्रेस केन्द्रीय समितिले संसद विघटनविरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।

अस्तिसम्म मोदीले मलाई हटाउन खोज्यो भन्ने ओली अहिले किन चुप : डा. शेखर कोइराला

उनले आफू कमजोर भएपछि अन्य छिमेकी देशको जिम्मेवारी देखाउने प्रवृति पनि ओली हाबी भएको बताएका छन्। उनले भने,'छिमेकी राष्ट्रहरुलाई गलत देखाउनु भन्दा आफ्नो गल्तीलाई स्वीकार गर्दै छिमेकी राष्ट्रहरुको इच्छालाई आत्मसात गर्नु पर्छ र आफू पनि अघि बढ्दै जानु उपयुक्त हुन्छ।'

कांग्रेस बैठक बुधबार पुनः बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक भोलि पुनः बस्ने भएको छ। आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रधानमन्त्रीको कदमपछि नेपाली कांग्रेसले बोलायो बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले १ बजेलाई बैठक बोलाएको छ।

अविलम्ब संसद अधिवेशन बोलाउन कांग्रेसको माग

नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषदसम्वन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ।

कांग्रेस जागेकै हो त ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि आन्तरिक किचलोमा अलमलिएको नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्‍यो। जनअपेक्षाअनुसार शक्तिशाली (झन्डै दुई तिहाइ बहुमत) सरकारले कामभन्दा कुरा मात्रै गर्दा जनतामा निराशा बढ्दै गएको छ।

संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको बताएका छन्।

राष्ट्रपतिलाई गगन थापाको चुनौती : गरिमा बिर्सनुभयो, चुनाव लड्न आउनुस्

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाको कहरकाबीच भीम रावल र लेखराज भट्टले दिएका सेनेटाइजर बाँडेर बसेको आरोप लगाए।

सडकमा देखिँदै प्रतिपक्ष

पार्टीकै आलोचना गर्नेमा पार्टी सभापति र प्रधानमन्त्रीको आकांक्षामा बाँचेर सधैँ पार्टीमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने रामचन्द्र पौडेल आफैँ अग्रपंक्तिमा छन्।

देउवाको प्रश्न : प्रधानमन्त्री कार्यालयमा शक्ति थुपार्ने अनि विधेयकहरु मार्फत अघि बढ्न खोज्ने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलीको प्रदर्शनलाई थप जागरुकता र एकता साथ भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपील गरेका छन्। उनले कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्